साउन १६, लहान । बाढीबाट प्रभावित सप्तरीका विभिन्न गाविसमा महामारीको सङ्क्रमण फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । 

केही दिनअघिको अविरल वर्षासँगै विभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, लहान । बाढीबाट प्रभावित सप्तरीका विभिन्न गाविसमा महामारीको सङ्क्रमण फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । 

केही दिनअघिको अविरल वर्षासँगै विभ"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढी प्रभावित क्षेत्रमा औषधिसहितको स्वास्थ्यकर्मी टोली परिचालन

१६ श्रावण २०७३, आईतवार ०४:०८

साउन १६, लहान । बाढीबाट प्रभावित सप्तरीका विभिन्न गाविसमा महामारीको सङ्क्रमण फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । 

केही दिनअघिको अविरल वर्षासँगै विभिन्न नदीमा आएको बाढीका कारण डुबानमा परेको सप्तरीको सकरपुरा, लौनियाँ, तिलाठी, रम्पुरा मल्हनियाँलगायतका गाविसमा आवश्यक औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले बताउनु भयो । 

बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण बढेर महामारी फैलिन सक्ने भएकाले बिरामीको उपचार तथा महामारी फैलिन नदिन आवश्यक निगरानीका लागि बाढी प्रभावित स्थानमा स्वास्थ्यकर्मी खटाइएको हो । 

बाढी प्रभावित स्थानमा फाटफुट रुपमा रुघाखोकी तथा ज्वरोको बिरामी देखिए पनि प्रभावित क्षेत्रमा अहिले महामारी नै फैलिने अवस्था नरहेकाले औषधिसहित एक–दुई जना स्वास्थ्यकर्मी प्रत्येक प्रभावित स्थानमा परिचालन गरिएको जानकारी दिँदै प्रमुख झाले प्रभावित क्षेत्रमा महामारीको अवस्था आउन नदिन आवश्यक सतर्कतासमेत अपनाइएको बताउनुभयो । 

बाढीका कारण खानेपानीको मुहान प्रदूषित हुनुका साथै बाढीसँगै आउने सर्प, बिच्छी तथा भ्यागुता मरेर बस्ती दुर्गन्धित बनेका छन् । केही दिनअघि स्वास्थ्य मन्त्रालयले बाढीपीडित क्षेत्रमा महामारी फैलिन सक्ने भएकाले प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी पठाउन निर्देशन दिएको थियो ।।यता बाढीबाट प्रभावित क्षेत्रका पीडितलाई विभिन्न सामाजिक सङ्घसंस्थाले राहत वितरण गर्दै आएका छन् । 

एक सातादेखिको अविरल वर्षासँगै जिल्लाको खाँडो, महुली, जितालगायतका नदीमा आएको बाढी पसेर सकरपुरा, लौनियाँ, तिलाठी, रम्पुरा मल्हनियाँ, कोइलाडीलगायत गाविसका दुई हजारभन्दा बढी घर डुबानमा परेका थिए । केही दिनदेखि वर्षा रोकिएपछि गाउँमा जमेको पानी सुक्न थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव