साउन १६, लहान । बाढीबाट प्रभावित सप्तरीका विभिन्न गाविसमा महामारीको सङ्क्रमण फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । 

केही दिनअघिको अविरल वर्षासँगै विभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, लहान । बाढीबाट प्रभावित सप्तरीका विभिन्न गाविसमा महामारीको सङ्क्रमण फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । 

केही दिनअघिको अविरल वर्षासँगै विभ"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढी प्रभावित क्षेत्रमा औषधिसहितको स्वास्थ्यकर्मी टोली परिचालन

२०७३, १६ श्रावण आईतवार ०४:०८

साउन १६, लहान । बाढीबाट प्रभावित सप्तरीका विभिन्न गाविसमा महामारीको सङ्क्रमण फैलिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । 

केही दिनअघिको अविरल वर्षासँगै विभिन्न नदीमा आएको बाढीका कारण डुबानमा परेको सप्तरीको सकरपुरा, लौनियाँ, तिलाठी, रम्पुरा मल्हनियाँलगायतका गाविसमा आवश्यक औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले बताउनु भयो । 

बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण बढेर महामारी फैलिन सक्ने भएकाले बिरामीको उपचार तथा महामारी फैलिन नदिन आवश्यक निगरानीका लागि बाढी प्रभावित स्थानमा स्वास्थ्यकर्मी खटाइएको हो । 

बाढी प्रभावित स्थानमा फाटफुट रुपमा रुघाखोकी तथा ज्वरोको बिरामी देखिए पनि प्रभावित क्षेत्रमा अहिले महामारी नै फैलिने अवस्था नरहेकाले औषधिसहित एक–दुई जना स्वास्थ्यकर्मी प्रत्येक प्रभावित स्थानमा परिचालन गरिएको जानकारी दिँदै प्रमुख झाले प्रभावित क्षेत्रमा महामारीको अवस्था आउन नदिन आवश्यक सतर्कतासमेत अपनाइएको बताउनुभयो । 

बाढीका कारण खानेपानीको मुहान प्रदूषित हुनुका साथै बाढीसँगै आउने सर्प, बिच्छी तथा भ्यागुता मरेर बस्ती दुर्गन्धित बनेका छन् । केही दिनअघि स्वास्थ्य मन्त्रालयले बाढीपीडित क्षेत्रमा महामारी फैलिन सक्ने भएकाले प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी पठाउन निर्देशन दिएको थियो ।।यता बाढीबाट प्रभावित क्षेत्रका पीडितलाई विभिन्न सामाजिक सङ्घसंस्थाले राहत वितरण गर्दै आएका छन् । 

एक सातादेखिको अविरल वर्षासँगै जिल्लाको खाँडो, महुली, जितालगायतका नदीमा आएको बाढी पसेर सकरपुरा, लौनियाँ, तिलाठी, रम्पुरा मल्हनियाँ, कोइलाडीलगायत गाविसका दुई हजारभन्दा बढी घर डुबानमा परेका थिए । केही दिनदेखि वर्षा रोकिएपछि गाउँमा जमेको पानी सुक्न थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित