१० बैशाख २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

बारा जिल्लाका सीमा नाकाबाट पटाका भित्रिँदै

२० कार्तिक २०७७, बिहीबार ०९:५३

कार्तिक २०, वीरगञ्ज । हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटाका भित्र्याउन थालेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि  लामो समयदेखि नेपाल भारत मुख्य सीमा नाका बन्द रहे पनि तस्करले अन्य विभिन्न खुला नाकाको फाइदा उठाउँदै सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेका छन् । 

तस्करले पर्साका भिस्वा, सिकटा, भेलाई, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाका मटिअर्वा, सिम्रोनगढ, कचौर्वालगायत नाकाबाट पटाका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटाका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटाकाको व्यापक तस्करी गर्ने गरेको छ ।

यसैक्रममा बुधबार बिहान ३ बजे भारतको रक्सौलबाट  विभिन्न किसिमका पटाका  खरिद गरेर ना२ह ३०४६ नंको अटोमा लुकाइछिपाई वीरगञ्जतर्फ ल्याइँदै गरेकाअवस्थामा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बाट ठूलो परिमाणमा पटाकासहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा वीरगञ्ज –१६ इनर्वाका भुलन साह तुराहाका २० वर्षीय छोरा रन्जनकुमार र सीमावर्ती भारतीय बजार रक्सौल मौजेटोल बस्ने मौजी तुराहाका २६ वर्षीय छोरा राजकुमार गुप्ता छन्र । उनीहरुका साथबाट विभिन्न ब्राण्डका एक हजार प्याकेट पटाका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

क्यारियरवालाहरुले भारतको रक्सौललगायत भारतीय बजारबाट ती पटाका वीरगञ्ज, कलैयालगायत नेपाली बजारसम्म पुर्याएबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पुर्याएबापत अधिकतम दुई सय प्रतिशतसम्म लिने गरेको वीरगञ्जस्थित मीनाबजारमा भेटिएका एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । 

ती क्यारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्ना पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटाका लुकाएर ल्याउने गरेको बताएका छन् । अति प्रज्वलनशील पदार्थका रुपमा रहेको पटाका नेपाल भित्रिने गरेको बारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीले भेटाएसम्म पटाका भने समात्ने गरेको दाबी गर्दै आएका छन् । खासगरी भारतबाट आउने मालबाहक सवारीसाधन जीप, कार, टाँगाजस्ता सवारी साधनमा पटाका लुकाइछिपाई ल्याइने गरेको देखिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव धुलिखेल–साँगा सडकः पुलबजार क्षेत्रमा काम रोकियो काठमाडौँ महानगरपालिकाले ७ अर्ब २१ करोड ६२ लाख ८४ हजार २८ रुपैयाँ राजस्व संकलन गर्यो परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनुपर्ने : धवलशमशेर राणा ठूला पूर्वाधारमा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेस देशभरको मौसम सफा रहने पूर्वानुमान अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु एमाले वीरगञ्ज महानगर अध्यक्षमा शर्मा प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन बरियापट्टीको दलित समुदायमा ४८ वटा कलधारा निर्माण चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो ट्याक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति भारतीय विद्युत्मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना