२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

२०७७, २० कार्तिक बिहीबार १०:०२

कार्तिक २०, सप्तरी । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिला छिन् । पिसाबमा समस्या देखिएपछि छ दिनअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । 

उहाँका अनुसार अस्पतालले बुधबार उनको पिसिआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पिसाबमा समस्या देखिएपछि १५ दिनअघि मात्र विराटनगरबाट उपचार गराएर माइती फर्किएकी उनलाई एक्कासि बान्ता भएपछि बिपी कोइराला  प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।  शव व्यवस्थापनका लागि नेपाली सेनाले आवश्यक तयारी गरिरहेको निमित्त प्रमुख यादवको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने