२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

१२ बर्षका बालक बसे ३ जना अभिभावकको किरियापुत्री

२० कार्तिक २०७७, बिहीबार १०:४४

दान बहादुर बुढा | कार्तिक २०, मुगु | एक बर्षभित्रै परिवारका ३ जना अभिभावकको किरियापुत्री बस्नुपरेका १२ बर्षय बालक युवराजको बिचल्ली भएको छ | लुक्न नसकेको पीडा आँसुका धारामा पोखि इरहेको छ |

नत घरमा खाना छ, नत लगाउने ओडने ओछयाउने कपडा छन्, अझ एक बर्षभित्रै बाबु, बाजे र बज्यैको निधन भएपछि मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ११ ¥याङ्गचेकाटी गाँउका एक कुमाल परिवारमा बज्रपात नै परेको छ । 

आलु माथि पिडाँलु भने झै उसै त गरिब रहेको कुमाल परिवारले एक वर्ष भित्रै बाबु, बाजे र हालै बजैको समेत मृत्य भएपछि ठूलो बाजे, बज्यै सहित ८ सदस्यीय परिवारलाई एक बर्ष अघि सम्म बाबु र बाजेले गाँउघर र अन्यत्र ज्यालादारी काम गर्दै घर खर्च जेनतेन टार्दै आएका थिए |


४ सन्तानकी आमा परिवारको हेरचाह र घरको काममा लागि परेकी थिइन । तर गत वर्ष असोज ७ गते २८ बर्षकै उमेरमै पुर्ण बहादुर कुमाल, असाढ २१ गते बाजे जयरुप कुमाल र कार्तिक १३ गते विहिवार बज्यै चाउली कुमाईको मृत्यु भएपछि घरपरिवार शोकमा मात्रै डुबेको छैन विचल्लीमा परेका छन ।

घरमा भएका ४ बालबालिका मध्ये जेठा १२ वर्षिय युवराज कुमालले बाबु र बाजेको किरिया पुत्रीमा बसेका थिए । विहिबार बज्यैको पनि निधन भएपछि उनै १२ वर्षिय बालक युवराज फेरि किरियापुत्री बसेका छन् । घरका ठुला र अविभावक कोहि नभएपछि २५ वर्षिय आमा सौमती कुमालले युवराज सहित अन्य ३ बालबालिकालाई गाँउघरमा मागिडोली गरेर पेट पाल्दै आएकी छिन् । 

उनलाई किरिया खर्च जुटाउने देखि छोराछोरी कसरी पाल्ने सम्मको समस्या परेको छ । जसो तसो गाँउलेहरुले दैनिक माना उठाएर बज्यैको किरिया बसेका १२ बर्षे बालकलाई पाल्दै आएका छन् । अन्य परिवारको विचल्ली छ मामा जेठ बहादुर विक भने । 

खानाको मात्र समस्या होईन लगाउने, ओडने ओछयाउने लुगा छैनन, घर भत्कीएको छ, छानो छैन, हिउँ परे चिसो कसरी कटाउने समस्या छ, सधै छरछिमेकीले कति हेर्लान, कोही सहयोगी मन भेटिए भाञ्जाभाञ्जीको शिक्षादिक्षा र पालन पोषाणमा सहयोग पुग्थ्यो की मामाले अनुनयमिश्रित आवाजमा भने । किरिया बसेका भाञ्जालाई १३ दिनको काम सकिएपछि लगाउने लुगा पनि छैनन भने हालत कस्तो छ ? आफै बुझ्नुस | उनले भने | 

९ वर्षे छोरी झरना कुमाल, ७ बर्षे छोरा विराज कुमाल र एक २ बर्षे कोखे छोरा काखमा रहेको र जेठो छोरा १२ बर्षको युवराज कुमाल बजैको किरिया पुत्री बसेको बताउँदै आमा सौमती बताएकी छन | घरमा खाना लाउनका लागी दुख्ख पाएकै थियौं, जसो तसो श्रीमान र ससुराले कमाई घर धानेकै थिए, के दशा लाग्यो १ वर्ष पहिला श्रीमान विते, असाढमा ससुरा अहिले सासु वितिन,आमाबाबुको काखमा रमाउने उमेरमा १२ बर्षको छोरो किरिया बस्नु परेको छ त्यो पनि एकै बर्षमा ३ चोटी, कस्तो भाग्य लेखेर ल्याएका रहेछौ बरु सबै परिवारलाई लिए पनि हुथ्यो भगवानले ।’

वरिपरिकाले आजसम्म जसोतसो खान दिएका छन उहाँहरुले पनि कति दिन देलाान यी साना छोरा छोरी कसरी पालुँला ?’ यो परिवारमा आई परेको दुख्ख देखेर गाँउ मात्र होईन थाहा पाउने जोसुकै दुखित हुने गरेका छन् । त्यस माथी १२ बर्षे बालकले एकै बर्षमा बाबु, बाजे र बजैको किरिया बस्नु परेको अवस्थाले झन मानिसहरुलाई बेचैन बनाउने गरेको छ । 

अझ लुक्न नसकेको उनको पीडा आँसु बनेर बाहिर पोखिदा त्यहाँ पुग्ने जोसुकैलाई मुटुमै बिझ्छ । सधै अरुको काम गरेर पालिदै आएको यो परिवार अहिले घरमा कमाउने जनशक्ति नहुदा भोकभोकै बस्नु पर्ने अवस्था छ । छरछिमेकी र मामा घरकाले दैनिक माना पाथी दिई हालसम्म पाल्दै आएपनि अब उनीहरुको भविष्य के हुने अन्यौल छ |

राज्यले शिक्षा, स्वास्थ्य, गाँस र बास नभएको नागरिक हुनै छैन तथा यी नागरिकका नैसर्गिक अधिकार हुनेछन भनेर संवैधानिक प्रावधान राखेपनि त्यो यस्तो परिवारका लागि आकाशको फल आँखा तरि मर सरह छ । देशमा तीन तहको सरकार भएपनि गरिबको अवस्था उस्तै छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान