साउन १६,वीरगंज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १६,वीरगंज"/>

२८ पुष २०८२, सोमबार
पर्सा - PRS

बिभिन्न संघ संस्थाहरुद्वारा पत्रकार पटेल सम्मानित

१६ श्रावण २०७३, आईतवार ०६:१७


साउन १६,वीरगंज | पर्सा जिल्लाका क्रियाशिल संघ संस्थाद्वारा सदभावना पत्रकार मंचका केन्द्रिय  संयोजक संतोष पटेललाई सम्मान गरिएको छ । होटल कुमुप्यलेशमा  आयाजित सम्मान तथा बधाई कार्यक्रममा वीरगंजका क्रियाशिल पत्रकार एवं अधिकार र पहिचानको लागि जारी मधेस आन्दोलनको जायज माँगका सम्बन्धमा सक्रिय भुमिका निर्वाह गरेका पटेललाई बिभिन्न संघ संस्थाले भव्य सम्मान गरेको हो ।

सम्मान गर्नेहरुमा राष्ट्रिय मधेसी शहिद उद्यान समितीका संरक्षक पुरुषोत्तम दुवे, सदभावना पार्टी वीरगंजका नगर अध्यक्ष ओमप्रकास सर्राफ, कुर्मी सशक्तिकरण मंच पर्सा क्षेत्र नं. ५ का अध्यक्ष धर्मेन्द्र पटेल, नेपाल बिद्यार्थी संघ पर्सा क्षेत्र नं. २ का सभापति देव पटेल, मधेस बिकास अभियानका केन्द्रिय सदस्य पिंकी यादव, द राईजीङ्ग नेपाल वीरगंजका कोषाध्यक्ष धर्मेन्द्र गुप्ता, श्री पारस राजपति देवी प्राथमिक बिद्यालय आसवारीका प्रधानाध्याप खेमराज प्रसाद ,पब्लिक एन्टीकरप्सन पर्साका सचिव दिपक सर्राफ,सिदार्थ मेडिकल हलका संचालक राजेश पटेल, स्नेही नेपाल समाजिक संस्थाका अध्यक्ष भुपेन्द्र पौडेल, राधेमाई सामुदायिक बिकास संस्थाका अध्यक्ष लवकुश सिंह,भिखमपुर जन समुदायिक बिकास केन्द्रका अध्यक्ष गौरव संतोष पटेल, प्रज्जवलित दैनिक पत्रिकका सम्पादक कृष्णा कुमार खनाल, दर्पण बचत तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक एवं संचालक ईश्वर यादव, लवकुश मेडिकल हलका संचालक पन्नालाल प्रसाद, उर्दु प्रतिष्ठान नेपाल पर्साका संयोजक एवं केन्द्रिय सदस्य एस.एमजहाँगस्त, कुर्मी सशक्तिकरण मंच वीरगंज नगर समितीका उपाध्यक्ष बिनोद पटेल, नेपाल रेडक्रस सोसाईटी गाबिस औराहा उपशाखाका सभापति धुरेन्द्र पटेल, स्वतन्त्र नागरिक समाजका केन्द्रिय संयोजक सरोज कर्ण, विश्व हिन्दू परिषद पर्साका प्रतिनिधी अन्सु कुमार , सौन्र्दय व्यवसायि सृजनशिल हातहरुको संघका अध्यक्ष सुनीता रौनियार,मानवअधिकार कर्मी हरेन्द्र बाबा , फोटो पत्रकार विशेश्वर पटेल लगायतकाले फुलमाला, दोसल्ला र  टिका सहित मधेसका चिनारी गम्छा सहित सम्मान गरिएको थियो । नागरिक अगुवा एवं नेपाल ज्योतिष परिषदका केन्द्रिय सदस्य पंडित पुरुषोत्तम दुवेको सभापतित्वमा सम्पन्न सम्मान समारोहमा सहजिकरण सदभावना पार्टी पर्साका युवा नेता धर्मेन्द्र पटेल एवं स्वागत मन्तव्य पत्रकार एवं अधिकारकर्मी कृष्णा कुमार खनालले गरेका थिए । सम्मानित पटेल एनपीडेली न्युज अनलाईन पत्रिकाका सम्पादक पदमा कार्यरत रहेका छन् । 

सद्भावना पार्टी केन्द्रिय कार्यालय लैनचौर मार्ग बानेश्वर काठमाण्डौमा राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा मिति २०७३ साउन १३ गते बसेको बैठकले विधानको धारा ३६.४  अनुसार पटेललाई सद्भावना पत्रकार मञ्चको केन्द्रिय संयोजकमा मनोनित गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने