Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुदूरपश्चिमका कानून मन्त्री शाह उपचारका लागि काठमाडौं

By kit 2 मिनेट पढाइ

कार्तिक २१, | सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई उपचारको लागि काठमाडौं लगिएको छ | उनलाई शुक्रबार सिम्रिक एयरमार्फत काठमाडौँ लगिएको हो | शाहलाई १५

कार्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो |

होम आइसोलेसनमै बसिरहेका शाहको स्वास्थ्यमा समस्या देखिएपछि विहिबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो | अस्थायी अस्पतालमा उपचारपछि साँझ डिस्चार्ज भएका शाह धनगढीस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका थिए |

तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई काठमाडौँ लागिएको उनको सचिवालयले जनाएको छ | उनकी पत्नीलाई समेत कोरोना संक्रमण देखिएको थियो |