साउन १६, धनगढी । कैलाली जिल्लाको मध्य क्षेत्रमा रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  साउन १६, धनगढी । कैलाली जिल्लाको मध्य क्षेत्रमा रह"/>
२८ पुष २०८२, सोमबार
कैलाली - KLL

सुख्खड बजारमा इलाका प्रशासन कार्यालय स्थापित

१६ श्रावण २०७३, आईतवार ०७:२०

 साउन १६, धनगढी । कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको घोडाघोडी नगर क्षेत्रको सुख्खड बजारमा आजदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको छ । 

स्थानीय प्रशासनले दैनिक रुपमा गर्ने नागरिकता र राहदानी वितरणका साथै जनगुनासो सुन्ने लगायत काम गर्ने गरी कार्यालय स्थापना गरिएको हो । कार्यालयबाट जिल्लाको मध्य क्षेत्रका मोहन्याल, पाण्डौन, दोदोधारा, कोटातुल्सीपुर, मसुरिया र पहलमानपुर गाविस तथा घोडाघोडी नगरपालिकाका झन्डै एक लाख २० हजार जनसङ्ख्या लाभान्वित हुने भएका छन् । 

प्रजिअ गोविन्द रिजालले दोदोधारा गाविस— १ का हुकुम साउदलाई आज नागरिकताको प्रमाणपत्र वितरण गरी कार्यालयको कामको शुभारम्भ गर्नुभयो । 

यसअघिसम्म नगरिकता लगायत कामका लागि सो क्षेत्रका बासिन्दाले जिल्ला प्रशासन कार्यालय कैलाली धनगढीमा पुग्नुपर्ने अवस्था थियो । जिल्लाको पूर्वी क्षेत्र टीकापुर नगर क्षेत्रमा पहिलेदेखि नै इलाका प्रशासन कार्यालय सञ्चालनमा छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन