साउन १६, धनगढी । कैलाली जिल्लाको मध्य क्षेत्रमा रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  साउन १६, धनगढी । कैलाली जिल्लाको मध्य क्षेत्रमा रह"/>
२०८२, २६ चैत्र बिहीबार
कैलाली - KLL

सुख्खड बजारमा इलाका प्रशासन कार्यालय स्थापित

२०७३, १६ श्रावण आईतवार ०७:२०

 साउन १६, धनगढी । कैलाली जिल्लाको मध्य क्षेत्रमा रहेको घोडाघोडी नगर क्षेत्रको सुख्खड बजारमा आजदेखि इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको छ । 

स्थानीय प्रशासनले दैनिक रुपमा गर्ने नागरिकता र राहदानी वितरणका साथै जनगुनासो सुन्ने लगायत काम गर्ने गरी कार्यालय स्थापना गरिएको हो । कार्यालयबाट जिल्लाको मध्य क्षेत्रका मोहन्याल, पाण्डौन, दोदोधारा, कोटातुल्सीपुर, मसुरिया र पहलमानपुर गाविस तथा घोडाघोडी नगरपालिकाका झन्डै एक लाख २० हजार जनसङ्ख्या लाभान्वित हुने भएका छन् । 

प्रजिअ गोविन्द रिजालले दोदोधारा गाविस— १ का हुकुम साउदलाई आज नागरिकताको प्रमाणपत्र वितरण गरी कार्यालयको कामको शुभारम्भ गर्नुभयो । 

यसअघिसम्म नगरिकता लगायत कामका लागि सो क्षेत्रका बासिन्दाले जिल्ला प्रशासन कार्यालय कैलाली धनगढीमा पुग्नुपर्ने अवस्था थियो । जिल्लाको पूर्वी क्षेत्र टीकापुर नगर क्षेत्रमा पहिलेदेखि नै इलाका प्रशासन कार्यालय सञ्चालनमा छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित