साउन १६, गुल्मी । मुसीकोट र वामिटक्सार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएपछि त्यस क्षेत्रका सयौँ विद्यार्थी पढ्नबाट वञ्चित हुन पुगेका छन् । 

बढीघाट खोलामा आएको बाढीले गत साता उक्त क्षेत्रको सुदीमा रहेको झोलुङ्गे पुल बगाएपछि विद्यार्थीलाई व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, गुल्मी । मुसीकोट र वामिटक्सार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएपछि त्यस क्षेत्रका सयौँ विद्यार्थी पढ्नबाट वञ्चित हुन पुगेका छन् । 

बढीघाट खोलामा आएको बाढीले गत साता उक्त क्षेत्रको सुदीमा रहेको झोलुङ्गे पुल बगाएपछि विद्यार्थीलाई व"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

झोलुङ्गे पुल बगेपछि सयौँ विद्यार्थी समस्यामा

१६ श्रावण २०७३, आईतवार ०७:५२

साउन १६, गुल्मी । मुसीकोट र वामिटक्सार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएपछि त्यस क्षेत्रका सयौँ विद्यार्थी पढ्नबाट वञ्चित हुन पुगेका छन् । 

बढीघाट खोलामा आएको बाढीले गत साता उक्त क्षेत्रको सुदीमा रहेको झोलुङ्गे पुल बगाएपछि विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न समस्या परेको हो । मुसीकोट र बडागाउँ गाविसका करिब २०० भन्दा बढी विद्यार्थी त्यही पुलको प्रयोग गरी वामिटक्सारमा रहेको विद्यालय र कलेजमा दिनहुँ अध्ययन गर्न जाने गर्छन् । 

विद्यालयसम्म आवतजावत गर्नका लागि गाउँ नजिकै रहेको झोलुङ्गे पुल बाढीले बगाइदिएपछि उनीहरुलाई विद्यालयसम्म पुग्न तीन घन्टाको लामो बाटो घुमेर बागलुङको खर्बाङ हुँदै विद्यालयसम्म पुग्नुपर्ने हुन्छ । 

वर्षायामको समय र लामो बाटो हुँदै जानुपर्ने भएका कारण उनीहरुलाई विद्यालय जान समस्या परेको स्थानीयवासी जनक केसीले बताउनुभयो । उक्त क्षेत्रका विद्यार्थीको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा प्रजिअसँग छलफल भइरहेको र चाँडै यसबारेमा विकल्प खोजी गरिने जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले जानकारी दिनुभयो । 

बडागाउँ र वामीको झेँदीमा रहेको झोलुङ्गे पुल समेत बढीघाट खोलाको बाढीले बगाउने अवस्थामा रहेको छ । खोलाको बाढीले उक्त पुलको जग खोलिदिएपछि पुल उच्च खतरामा परेको कारण स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षाको कारण बन्द भएका सदरमुकाम तम्घासका विद्यालय भने आइतबारदेखि पुनःसञ्चालन भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक