साउन १६, गुल्मी । मुसीकोट र वामिटक्सार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएपछि त्यस क्षेत्रका सयौँ विद्यार्थी पढ्नबाट वञ्चित हुन पुगेका छन् । 

बढीघाट खोलामा आएको बाढीले गत साता उक्त क्षेत्रको सुदीमा रहेको झोलुङ्गे पुल बगाएपछि विद्यार्थीलाई व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, गुल्मी । मुसीकोट र वामिटक्सार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएपछि त्यस क्षेत्रका सयौँ विद्यार्थी पढ्नबाट वञ्चित हुन पुगेका छन् । 

बढीघाट खोलामा आएको बाढीले गत साता उक्त क्षेत्रको सुदीमा रहेको झोलुङ्गे पुल बगाएपछि विद्यार्थीलाई व"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

झोलुङ्गे पुल बगेपछि सयौँ विद्यार्थी समस्यामा

२०७३, १६ श्रावण आईतवार ०७:५२

साउन १६, गुल्मी । मुसीकोट र वामिटक्सार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएपछि त्यस क्षेत्रका सयौँ विद्यार्थी पढ्नबाट वञ्चित हुन पुगेका छन् । 

बढीघाट खोलामा आएको बाढीले गत साता उक्त क्षेत्रको सुदीमा रहेको झोलुङ्गे पुल बगाएपछि विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न समस्या परेको हो । मुसीकोट र बडागाउँ गाविसका करिब २०० भन्दा बढी विद्यार्थी त्यही पुलको प्रयोग गरी वामिटक्सारमा रहेको विद्यालय र कलेजमा दिनहुँ अध्ययन गर्न जाने गर्छन् । 

विद्यालयसम्म आवतजावत गर्नका लागि गाउँ नजिकै रहेको झोलुङ्गे पुल बाढीले बगाइदिएपछि उनीहरुलाई विद्यालयसम्म पुग्न तीन घन्टाको लामो बाटो घुमेर बागलुङको खर्बाङ हुँदै विद्यालयसम्म पुग्नुपर्ने हुन्छ । 

वर्षायामको समय र लामो बाटो हुँदै जानुपर्ने भएका कारण उनीहरुलाई विद्यालय जान समस्या परेको स्थानीयवासी जनक केसीले बताउनुभयो । उक्त क्षेत्रका विद्यार्थीको समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा प्रजिअसँग छलफल भइरहेको र चाँडै यसबारेमा विकल्प खोजी गरिने जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले जानकारी दिनुभयो । 

बडागाउँ र वामीको झेँदीमा रहेको झोलुङ्गे पुल समेत बढीघाट खोलाको बाढीले बगाउने अवस्थामा रहेको छ । खोलाको बाढीले उक्त पुलको जग खोलिदिएपछि पुल उच्च खतरामा परेको कारण स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । वर्षाको कारण बन्द भएका सदरमुकाम तम्घासका विद्यालय भने आइतबारदेखि पुनःसञ्चालन भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित