साउन १६, प्यूठान । प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष मानबहादुर केसीले आफ्नो गाउँमा बाढी र पहिरोले पुर्याएको क्षति र उद्धारबारे जानकारी लिन घरमा फोन गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, प्यूठान । प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष मानबहादुर केसीले आफ्नो गाउँमा बाढी र पहिरोले पुर्याएको क्षति र उद्धारबारे जानकारी लिन घरमा फोन गर्न"/>
२१ मंसिर २०८२, शनिबार
प्युठान - PTN

प्यूठानका तेह्र गाविसमा सञ्चार र विद्युत् आपूर्ति बन्द

१६ श्रावण २०७३, आईतवार ०८:०८

साउन १६, प्यूठान । प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष मानबहादुर केसीले आफ्नो गाउँमा बाढी र पहिरोले पुर्याएको क्षति र उद्धारबारे जानकारी लिन घरमा फोन गर्न थालेको आजले पाँच दिन पुग्यो । तर उहाँको अहिलेसम्म घरमा सम्पर्क हुन सकेको छैन । 

“मेरा छिमेकीको पहिरोमा परी मृत्यु भएको र पहिरोले ठूलो मानवीय क्षति भएको समाचार सुनें,” दोहा कतारबाट अध्यक्ष केसीले भन्नुभयो – “सुरुमा मेरो परिवारको अवस्था के छ भन्ने थाहा पाउन नसकेर सा¥है मन अत्तालियो । पछि पहिरोबाट सबै विवरणसहितको समाचारमा पढेपछि मन अलि शान्त भयो ।” 

लुङ–६ वहानेका केसी जस्तै उत्तरी प्यूठान अर्खाका टुकबहादुर पुनले घरमा फोन गर्न र बाढी पहिरोमा आफन्त परे नपरेको बारेमा जानकारी लिन खोजेको थिए तर उहाँलाई सञ्चार अवरुद्ध भएको थाहा भएन । उहाँले घरमा सम्पर्क नभए पछि सदरमुकाम खलङ्गामा सञ्चारकर्मीलाई फोन गर्नुभयो । “हाम्रो गाउँमा पनि बाढी र पहिरोले क्षति पुर्याएको रहेछ,” हाल वैदेशिक रोेजगारीका लागि दुवईमा रहनुभएका पुनले भन्नुभयो– “अर्खाको बाढी पहिरो क्षतिका विषयमा खलङ्गाबाट पत्रकार साथीले सबै विवरण दिएपछि मन अलि शान्त भयो ।” 

केसी र पुन जस्तै प्यूठानका १३ वटा गाविसमा रहेका र हाल वैदेशिक रोजगारीका लागि तथा काम विशेषले जिल्ला बाहिर पुगेकाले बाढी पहिरोसँगै घरको अवस्थाका विषयमा जानकारी लिन नपाउँदा अहिले के र कसो गर्ने भनी अत्तालिएका छन् । प्रभावकारी सञ्चार विस्तार हुन नसकेको उत्तरी प्यूठानमा टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएर घरमा सम्पर्क गर्न नपाएका सयौँ प्यूठानी अहिले विदेशमा सामूहिक रुपमा जम्मा हुने र पीडा साटासाट गरी मन भुलाउने गरिरहेका छन् । 

“दोहामा रहेका सबै प्यूठानी एकै ठाउँमा जम्मा भयौँ र सञ्चारमाध्यमबाट सुन्ने र लगातार जिल्लामा फोन गरी जानकारी लिने गरिरहेका छौँ,” प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष केसीले भन्नुभयो – “उत्तरी क्षेत्रमा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएर विदेशमा रहेका हामी पनि थप त्रसित भएका छौँ ।” 

लगातारको बाढी र पहिरोसँगै प्यूठानको लुङ, अर्खा, रजवारा, तोरवाङ, ओखरकोट, वादिकोट, नारिकोट, बाङगेमरोड, तुषारा र लिवाङमा पछिल्लो पाँच दिनदेखि विद्युत् र सञ्चारविहीन भएका हुन् । त्यस्तै खुङ, फोप्ली र माजकोट गाविसमा पनि विद्युत् सेवा अवरुद्ध रहेको छ । 

यी क्षेत्रमा दूरसञ्चार सेवा दिँदै आएका नेपाल टेलिकम र एनसेल विद्युत् आपूर्ति बन्द भएसँगै सेवा दिन असमर्थ भएका छन् । वैकल्पिक ऊर्जाको व्यवस्था नभएकाले रिपिटर टावर चलेका छैनन् । 

लगातारको बाढी र पहिरोका कारण दम्तीमा रहेको १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत रहेको ३३ केभी प्रसारण लाइनको तार झिमरुक खोलाले बगाएपछि विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण प्यूठान शाखा प्रमुख कृष्णहरि दाहालले जानकारी दिनुभयो । 

खोला बढेकाले तार तान्न सक्ने अवस्था नरहेको र बहाव कम भएमा तत्काल विद्युत् आपूर्ति गर्न सकिने बताउनुभयो । 

बाढी पहिरोबाट अत्याधिक प्रभावित भएका विभिन्न ठाउँमा अहिले विद्युत्सँगै सञ्चार सेवा पनि अवरुद्ध हुँदा  स्थानीयवासी थप समस्यामा परेका छन् । त्यस्तै जिल्लामा भएको क्षतिका विषयमा सञ्चारमाध्यमबाट जान्न र सुन्न नपाउँदा पनि थप समस्या भएको अर्खाका स्थानीयवासी मित्र थापाले गुनासो गर्नुभयो । शिक्षक समेत रहनुभएका थापाले विद्युत् र सञ्चार अवरुद्ध हुँदा विद्यार्थीको पठनपाठन पनि प्रभावित भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता