साउन १६, प्यूठान । प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष मानबहादुर केसीले आफ्नो गाउँमा बाढी र पहिरोले पुर्याएको क्षति र उद्धारबारे जानकारी लिन घरमा फोन गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, प्यूठान । प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष मानबहादुर केसीले आफ्नो गाउँमा बाढी र पहिरोले पुर्याएको क्षति र उद्धारबारे जानकारी लिन घरमा फोन गर्न"/>
२०८२, २६ चैत्र बिहीबार
प्युठान - PTN

प्यूठानका तेह्र गाविसमा सञ्चार र विद्युत् आपूर्ति बन्द

२०७३, १६ श्रावण आईतवार ०८:०८

साउन १६, प्यूठान । प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष मानबहादुर केसीले आफ्नो गाउँमा बाढी र पहिरोले पुर्याएको क्षति र उद्धारबारे जानकारी लिन घरमा फोन गर्न थालेको आजले पाँच दिन पुग्यो । तर उहाँको अहिलेसम्म घरमा सम्पर्क हुन सकेको छैन । 

“मेरा छिमेकीको पहिरोमा परी मृत्यु भएको र पहिरोले ठूलो मानवीय क्षति भएको समाचार सुनें,” दोहा कतारबाट अध्यक्ष केसीले भन्नुभयो – “सुरुमा मेरो परिवारको अवस्था के छ भन्ने थाहा पाउन नसकेर सा¥है मन अत्तालियो । पछि पहिरोबाट सबै विवरणसहितको समाचारमा पढेपछि मन अलि शान्त भयो ।” 

लुङ–६ वहानेका केसी जस्तै उत्तरी प्यूठान अर्खाका टुकबहादुर पुनले घरमा फोन गर्न र बाढी पहिरोमा आफन्त परे नपरेको बारेमा जानकारी लिन खोजेको थिए तर उहाँलाई सञ्चार अवरुद्ध भएको थाहा भएन । उहाँले घरमा सम्पर्क नभए पछि सदरमुकाम खलङ्गामा सञ्चारकर्मीलाई फोन गर्नुभयो । “हाम्रो गाउँमा पनि बाढी र पहिरोले क्षति पुर्याएको रहेछ,” हाल वैदेशिक रोेजगारीका लागि दुवईमा रहनुभएका पुनले भन्नुभयो– “अर्खाको बाढी पहिरो क्षतिका विषयमा खलङ्गाबाट पत्रकार साथीले सबै विवरण दिएपछि मन अलि शान्त भयो ।” 

केसी र पुन जस्तै प्यूठानका १३ वटा गाविसमा रहेका र हाल वैदेशिक रोजगारीका लागि तथा काम विशेषले जिल्ला बाहिर पुगेकाले बाढी पहिरोसँगै घरको अवस्थाका विषयमा जानकारी लिन नपाउँदा अहिले के र कसो गर्ने भनी अत्तालिएका छन् । प्रभावकारी सञ्चार विस्तार हुन नसकेको उत्तरी प्यूठानमा टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएर घरमा सम्पर्क गर्न नपाएका सयौँ प्यूठानी अहिले विदेशमा सामूहिक रुपमा जम्मा हुने र पीडा साटासाट गरी मन भुलाउने गरिरहेका छन् । 

“दोहामा रहेका सबै प्यूठानी एकै ठाउँमा जम्मा भयौँ र सञ्चारमाध्यमबाट सुन्ने र लगातार जिल्लामा फोन गरी जानकारी लिने गरिरहेका छौँ,” प्यूठान सेवा समाज दोहा कतारका अध्यक्ष केसीले भन्नुभयो – “उत्तरी क्षेत्रमा विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएर विदेशमा रहेका हामी पनि थप त्रसित भएका छौँ ।” 

लगातारको बाढी र पहिरोसँगै प्यूठानको लुङ, अर्खा, रजवारा, तोरवाङ, ओखरकोट, वादिकोट, नारिकोट, बाङगेमरोड, तुषारा र लिवाङमा पछिल्लो पाँच दिनदेखि विद्युत् र सञ्चारविहीन भएका हुन् । त्यस्तै खुङ, फोप्ली र माजकोट गाविसमा पनि विद्युत् सेवा अवरुद्ध रहेको छ । 

यी क्षेत्रमा दूरसञ्चार सेवा दिँदै आएका नेपाल टेलिकम र एनसेल विद्युत् आपूर्ति बन्द भएसँगै सेवा दिन असमर्थ भएका छन् । वैकल्पिक ऊर्जाको व्यवस्था नभएकाले रिपिटर टावर चलेका छैनन् । 

लगातारको बाढी र पहिरोका कारण दम्तीमा रहेको १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत रहेको ३३ केभी प्रसारण लाइनको तार झिमरुक खोलाले बगाएपछि विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण प्यूठान शाखा प्रमुख कृष्णहरि दाहालले जानकारी दिनुभयो । 

खोला बढेकाले तार तान्न सक्ने अवस्था नरहेको र बहाव कम भएमा तत्काल विद्युत् आपूर्ति गर्न सकिने बताउनुभयो । 

बाढी पहिरोबाट अत्याधिक प्रभावित भएका विभिन्न ठाउँमा अहिले विद्युत्सँगै सञ्चार सेवा पनि अवरुद्ध हुँदा  स्थानीयवासी थप समस्यामा परेका छन् । त्यस्तै जिल्लामा भएको क्षतिका विषयमा सञ्चारमाध्यमबाट जान्न र सुन्न नपाउँदा पनि थप समस्या भएको अर्खाका स्थानीयवासी मित्र थापाले गुनासो गर्नुभयो । शिक्षक समेत रहनुभएका थापाले विद्युत् र सञ्चार अवरुद्ध हुँदा विद्यार्थीको पठनपाठन पनि प्रभावित भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित