२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

दीपावली र छठ गरिब किसान र श्रमजीवीका लागि अवसर

२०७७, २५ कार्तिक मंगलवार ०४:२८

कात्तिक २५, महोत्तरी । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली  र छठ गरिब तथा श्रमजीवीका लागि अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पादनले महत्व पाउने र श्रमजीवीलाई पर्व विशेषसँग जोडिएका विभिन्न काम पाउने हुनाले यो पर्व खास अवसरसमेत बन्ने गरेको हो ।

गरिब किसानका घर करेसाबारीमा लगाइएका फुल, अदुवा, ज्यामिर र केरालगायतका उत्पादनले यी चाडपर्वमा राम्रो मूल्य पाउँछन् । दीपावली पर्वमा व्यापारिक प्रतिष्ठानहरूले लक्ष्मीपूजास्थल सजाउन केराका थामबाट द्वार बनाउने चलन छ । यस प्रयोजनका लागि घरकरेसामा रहेका केराका कोथा (नयाँ हुर्केका बिरुवा) बेचेर नै गरिब किसानले राम्रो आर्जन गर्ने गरेका छन् ।

“खासमा केराको झ्याङमा एक बोटमा तीन वटाभन्दा बढी कोथा राख्नु हुँदैन, बढी भएका कोथा छासेर फ्याँक्नुपर्छ”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका गरिब किसान बृजनन्दन राय दनुवार भन्नुहुन्छ, “यो कोथा छास्ने काम हामी दीवाली (तिहार पर्वलाई मैथिल जनबोलीले ‘दिवाली’ र लेख्दा ‘दीपावली’ हुन्छ) मुखमा गर्छौँ, सबै फालिनुपर्ने कोथाको मूल्य पाइन्छ ।” केराका थामका लागि केही दिन पहिले नै लिनेदिनेले कुरा पक्कापक्की गर्ने यहाँको चलन छ । लक्ष्मीपूजाको एक दिन पहिले त चोकबजारमा केराका थामको बजार नै लाग्ने गरेको छ ।

केरा फल र कोथा दुवैको माग हुने दीपावली र केराका घरी नै छठपर्वमा कतिपयको भाकल हुने गर्छ । दीपावली र छठ सँगसँगै जसो पर्नाले यी पर्वमा केराको खपत निकै बढ्ने गरेको छ । यसबाहेक ज्यामिर, बोटसहित उखालिएको अदुवा, पातसहितको उखु पनि दुवै पर्वका पूजा सामग्री हुन् । थोरै जग्गा हुने गरिब किसानले आफ्नो घरकरेसामा लगाएका यी वनस्पतिबाट पर्वको अवसरमा राम्रो आर्जन गर्ने गरेका छन् ।

 यस्तै अरु बेला दैनिक प्रयोजनमा प्रयोग गर्न छाडिएका बाँसका डाला, छिटी, नाङ्ला, चाल्नु र अन्य चोयाबाट बन्ने सामग्री र माटाका भाँडा कलश राख्ने गाग्रो, दही जमाउने छ्याँची, प्रसाद सामग्री राख्ने तौला र दीयो बाल्ने दियौरी (पाला) दीपावली र छठपर्वका खास सामग्री हुन् । अरु बेला यस्ता सामानको बिक्री हुन छाडे पनि यी पर्वमा बाँसको चोयाका सामग्री बुन्ने डोम र विन एवं  माटाका भाँडा बनाउने कुम्हाल जाति समुदायको निकै व्यस्तता बढ्ने गरेको छ । दुवै पर्वको आर्जनले वर्षभरिको नगद जोहो गर्नुपर्ने हुँदा अहिले आफ्नो सीपको खास अवसर भएको यी जाति समुदायका गरिब बताउँछन् । पर्वमा घर रङरोगन गर्ने सीपका कामदारको पनि माग ह्वात्तै बढ्ने गरेको छ ।

हिन्दू वैदिक परम्पराका यी पर्व कृषिसँग अभिन्न रूपले जोडिएका यस भेगका पाका मैथिल बताउँछन् । मुख्य खेती लगाउने समय सकिएको र नयाँ बाली भित्र्याउने समयअघि पर्ने यी पर्व धनी गरिब सबैका लागि खुशीको अवसर हुने गरेको पाका मैथिल बर्दिवास–२ का ६५ वर्षीय वीरेन्द्र झा बताउनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला