२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जुवाखालबाट एक लाखसहित आठ जुवाडे पक्राउ

२६ कार्तिक २०७७, बुधबार १०:४२

कात्तिक २६, कर्णाली । सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा जुवाखालबाट रु एक लाखसहित आठ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत तातोपानी जुम्ला रोडस्थित शक्तिराम रोकायले सञ्चालन गरेको तीनतोली होटलबाट गए राति आठ जनालाई जुवाखालबाट पक्राउ गरेको हो । उनीहरुबाट दुईगड्डी तास र प्लाष्टिकको एक थान चटाइसहित रु एक लाख तीन हजार ५३५ बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत निवासी ४२ वर्षीय चक्रबहादुर शाही, ४० वर्षीय जीवनबहादुर शाही, ३० वर्षीय तपेन्द्र र नवीन शाही, ३३ वर्षीय बजीर शाही, ४३ वर्षीय गणेश तथा भीमबहादुर शाही र ४६ वर्षीय कटक शाही रहेका छन् । उनीहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२५ बमोजिम जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नमिल्ने जुवासम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य