२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जुवाखालबाट एक लाखसहित आठ जुवाडे पक्राउ

२०७७, २६ कार्तिक बुधबार १०:४२

कात्तिक २६, कर्णाली । सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा जुवाखालबाट रु एक लाखसहित आठ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझी नेतृत्वको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत तातोपानी जुम्ला रोडस्थित शक्तिराम रोकायले सञ्चालन गरेको तीनतोली होटलबाट गए राति आठ जनालाई जुवाखालबाट पक्राउ गरेको हो । उनीहरुबाट दुईगड्डी तास र प्लाष्टिकको एक थान चटाइसहित रु एक लाख तीन हजार ५३५ बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत निवासी ४२ वर्षीय चक्रबहादुर शाही, ४० वर्षीय जीवनबहादुर शाही, ३० वर्षीय तपेन्द्र र नवीन शाही, ३३ वर्षीय बजीर शाही, ४३ वर्षीय गणेश तथा भीमबहादुर शाही र ४६ वर्षीय कटक शाही रहेका छन् । उनीहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२५ बमोजिम जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नमिल्ने जुवासम्बन्धी कसुरअन्तर्गत पाँच दिनको म्याद थप गरी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते