२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा कोरोना सङ्क्रमणबाट चार महिलासहित पाँचको मृत्यु

२०७७, २७ कार्तिक बिहीबार ०९:१२

कार्त्तिक २७, मोरङ । मोरङमा पछिल्लो १२ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन जना, मोरङको बुढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा एक र मोरङको उर्लाबारीस्थित होम आइसोलसनमा एक जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट मृत्यु हुनेमा चार महिलासहित पाँच रहेका छन् ।

नोबेल शिक्षण अस्पतालमा झापाको गौरादह–२ की ४९ वर्षीया सङ्क्रमित महिलाको आज मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । मृतकलाई यही कात्तिक ४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै सोही अस्पतालमा सुनसरी इटहरी–३ की ४० वर्षीया महिलाको  आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक २६ गते उपचारका लागि भर्ना गरिएको र सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको दाहालले बताउनुभयो । मोरङको रङ्गेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका थियो । 

यसैगरी मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा झापाको दमक–६ की ४२ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिनुभयो । मृतक महिलालाई यही कात्तिक २६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको र सोही दिन पोजेटिभ देखिएको थियो ।

यस्तै मोरङको उर्लाबारी–८ की ४५ वर्षीया सङ्क्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । मृतक महिलालाई यही कात्तिक १५ गते कोरोना सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मृतकहरुलाई, रुघा, खोकी, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या र बान्ता आउनेलगायत समस्या थियो । रासस    


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते