४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा छैन, स्वास्थ्य सेवा

२८ कार्तिक २०७७, शुक्रबार ०५:५९

कार्त्तिक २८, नारायणपुर । लुम्बिनी प्रदेशको राजधानी भालुवाङका स्थानीयबासी स्वास्थ्य सेवाबाट बञ्चित छन् । भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधि पसल बाहेक अस्पताल छैनन् । स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुने गरे पनि अन्य उपचारका लागि बुटवल जानुपर्ने बाध्यता छ भालुवाङवासीलाई । विगत २० वर्षदेखी भालुवाङमा होटेल व्यवसाय गर्दै आउनुभएका नारायण खनालका अनुसार स्थानीय अहिलेसम्म उपचारका लागि बुटवल जाने गरेका छन् । घोराही र तुलसीपुरमा ठूला अस्पतालहरु भए पनि भालुवाङवासी बुटवल नै जाने गरेको उहाँले बताउनुभयो । “घोराही जाँदा पनि ५० किलोमिटर जानुपर्छ, त्यहाँ उपचार सम्भव नभए फेरी नेपालगञ्ज जानुपर्ने भएकोले बुटवल नै जानेगरेका हौ”, खनालले भन्नुभयो ।

बुटवलमा उपचारका लागि सजिलो भने नरहेको उहाँले बताउनुभयो । “पैसा धेरै लाग्छ, जोहो गर्न गाह्रो हुन्छ, टाढा लैजादा बाटोमा नै ज्यान जान सक्छ, अब राजधानी भएपछि बन्छ की भन्ने आशा छ”, खनालले भन्नुभयो । विसं २०२० यहाँ बस्ती बसेको भए पनि यहाँका स्थानीयले स्वास्थ्य सेवा नपाउँदा दुःख लागेको उहाँले बताउनुभयो । विसं २०५७ सालमा अर्घाखाँचीको ढाकावाङबाट वसाईसराई गरेर दाङको भालुवाङ आउनुभएका खानालले उपचारका लागि कयांैपटक बुटवल गएको बताउनुहुन्छ । रोल्पा र प्युठानको प्रवेशद्वार र महेन्द्र राजमार्गको छेवैमा रहेको भालुवाङमा स्वास्थ्यसेवा नहुँदा ११० किलोमिटरको दुरी पार गरेर बुटवलमा उपचार गर्न जानुपर्ने बाध्यता छ उनीहरुलाई ।

 विसं २०७५ देखि स्थानीय सरकारले भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीको स्तर बृद्धि गरेर एमबिबिएस डाक्टरको व्यवस्था गरे पछि केही राहत महशुस गरेको स्थानीय शारदा गुरुङ बताउनुहुन्छ । सानो रोग लागे पनि बुटवल जानुपर्ने भालुवाङवासीलाई अहिले स्वास्थ्य चौकीमा डाक्टर भए पछि केही सजिलो भएको उहाँले बताउनुभयो । “स्थानीय सरकार आएपछि नहुनुभन्दा त धेरै भएको छ तर, सानो भए पनि अस्पताल नै भईदिए राम्रो हुन्थ्यो”, गुरुङले भन्नुभयो । स्वास्थ्य क्षेत्रको लागि गाँउपालिकाको बजेटले थप स्तरोन्नती गर्न समस्या रहेको वडा नं १ का अध्यक्ष ताराबहादुर डिसी बताउनुहुन्छ । अहेव र अनमीको भरमा रहेको स्वास्थ्यचौकीलाई अहिले डाक्टरको व्यवस्था गरेको उहाँले बताउनुभयो । “ल्याब र भिडियो एक्सरे सेवा पनि भर्खरै थपेका छौँ, यो भन्दा धेरै गर्न त प्रदेश र सङ्घीय सरकारले बजेटको व्यवस्था गर्नुपर्छ”, अध्यक्ष डिसीले भन्नुभयो । सबैको नजर परेर पनि उपेक्षामा रहेको भालुवाङमा प्रदेशको राजधानी घोषणाले न्याय गरेको उहाँको भनाइ छ । दाङको उपनिवेशको रुपमा रहेको भालुवाङमा राजधानीका संरचना बन्दा विकासले गति लिनेमा स्थानीयको अपेक्षा छ ।

राप्ति गाँउपालिकामा मात्रै ४० हजार जनसङ्ख्या छ । त्यस्तै नजिकको शितगङ्गा नगरपालिकाको वडा नं ८ र ९, गढवा गाँउपालीकाको १ र २ तथा प्युठानको सरुमारानी गाँउपालिकाको मुख्य बजारको रुपमा भालुवाङ रहेको छ । लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङ राजधानी घोषणा गरेपछि विकासले फड्को मार्ने आशामा स्थानीवासी रहेका छन् । भालुवाङमै नभए पनि २७ किलोमिटरमा रहेको लमही बजारमा भर्खँरै प्रदेश सरकारले ट्रमा सेन्टर खोल्ने भए पछि भालुवाङवासी पनि खुशी भएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ