२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

५८ बोतल एसिडसहित एक व्यापारी पक्राउ

२०७७, ३० कार्तिक आईतवार १४:३७

कात्तिक ३०, धनुषा । जनकपुरधाममा एसिड बिक्रीवितरण गरेको आरोपमा एक व्यापारीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधामबाट ५८ बोतल एसिडसहित एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार जनकपुरमा भएको एसिड प्रहार घटनामा प्रहरीले अनुसन्धान गर्ने क्रममा ५८ बोतल एसिडसहित स्थानीय व्यापारी नागेन्द्र साहलाई पक्राउ गरेको छ । शनिवार श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने जनकपुरधाम वडा नंं २० देवपुरा घर भएका २४ वर्षीय सञ्जीव साहलाई घटना लगत्तै प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा एसिडका बिक्रेतालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पहिले पनि करेन्ट लगाउनुका साथै मट्टीतेल खन्याएर आगो लगाउनेसम्मको यातना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ जानकीनगर माइती भएकी आरती साहको चार वर्षअघि जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहसँग सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

विवाह भएको केही समय पश्चात नै सञ्जीव रक्सी खाएर घर आउने र आफूलाई कुटपिट गर्ने गरेको आरतीले बताउनुभयो । यसरी बारम्बार यातना दिँदा पनि घरमै सहेर बसेको तर, सञ्जीवका पिताले समेत आफूमाथि गलत नजर राख्न थालेपछि घर छाड्न बाध्य भएको उहाँले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित