२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश १ मा एक लाख ७८ हजारको पिसिआर परीक्षण, गण्डकीमा २०५ जना सङ्क्रमित थपिए

३० कार्तिक २०७७, आईतवार १४:४०

कात्तिक ३०, विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८५ जना करोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ४२६ जनाको पिसिआर परीक्षणमा ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको  सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्क्रमितमा मोरङमा २९ मध्ये विराटनगरमा १८, सुनसरीमा २४, ताप्लेजुङमा सात, तेह्रथुम र धनकुटामा छ/छ, झापामा पाँच, इलाममा चार, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन् ।  प्रदेशमा आज १५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म १७ हजार ९३१ पुगेको मन्त्रालयले जनाएको छ ।  यस प्रदेशमा हालसम्म एक लाख ७८ हजार ५०५ जनाको पिसिआर परीक्षण भएको 

गण्डकीमा २०५ जना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा आज २०५ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  प्रदेशमा सङ्क्रमितको सङ्ख्या १० हजार ४९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । 

आज थपिनेमा सबै भन्दा बढी कास्की जिल्लाका ११० जना छन् । त्यस्तै नवलपरासी(पूर्व)का ३६, मुस्ताङका १३, गोरखा र लम्जुङका १४/१४ जना छन् भने बाग्लुङका नौजना, तनहुँका छजना र पर्वतका तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य