सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । व्लड क्यान्सरबाट पिडित पत्रकार अर्जुन महराको उपचारका क्रममा आईतबार निधन भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । व्लड क्यान्सरबाट पिडित पत्रकार अर्जुन महराको उपचारका क्रममा आईतबार निधन भएक"/>
२८ पुष २०८२, सोमबार
दाङ्ग - DNG

रहेनन् पत्रकार अर्जुन महरा

१७ श्रावण २०७३, सोमबार ०२:०५

सन्तोषकुमार गुप्ता । साउन १७, देउखुरी । व्लड क्यान्सरबाट पिडित पत्रकार अर्जुन महराको उपचारका क्रममा आईतबार निधन भएको छ । करिब एक महिना देखि काठमाडौमा उपचारर्थ २२ बर्षीय महराको मध्यान्ह १२ बजे काठमाडौंको नेपाल क्यान्सर हस्पिटल हिरिशिद्धीमा निधन भएको हो ।

करिब एक महिना सिभिल हस्पिटलमा उपचार गराएर थप उपचारका लागि गएको ६ गते नेपाल क्यान्सर हस्पिटलमा महरालाई भर्ना गरिएको थियो । रक्त क्यान्सर, हड्डी भित्रको मासी, मुटुमा समस्या र निमोनियाबाट समेत पिडित पत्रकार महराको उपचारकै क्रममा निधन भएको पत्रकार महराको रेखदेखमा रहेका मामा हेमबहादुर खत्रीले हस्पिटलवाट जानकारी दिनु भयो । लमही नगरपालिका ११ रातोडाँडा निवासी महरा ३ बर्ष देखि पत्रकारितामा क्रियाशिल हुनुहुन्थ्यो ।

दुई बर्ष देउखुरीको हाईवे एफएममा काम गर्नु भएका पत्रकार महरा पछिल्लो समयमा रेडियो मध्यपश्चिममा कार्यरत हुनुहुन्थ्यो । परिवार र आफन्तिहरु काठमाडां पुगेकाले महराको अन्तिम संस्कार काठमाडौ मै गरिने भएको छ ।

विभिन्न सञ्चार संस्थाद्धारा महराको निधन प्रति दुःख व्यक्त 

यसैबीच देउखुरी टुडे साप्ताहिकले दङ्गाली जुझारु युवा सञ्चारकर्मी अर्जुन महराको निधन प्रति दुःख व्यक्त गरेको छ । साप्ताहिकका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ताले शोक वक्तव्य जारी गदै एक लगनशिल, मेहन्ती सञ्चारकर्मी गुमाउँदा सिंगो सञ्चार जगतलाई नै दुखी तुल्याएको जारी बक्तव्यमा उल्लेख छ ।

साथै मृतक महरा प्रति गहिरो समवेदना र परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भनी कामना गरिएको जारी विक्तव्यमा भनिएको छ । यसैबीच आफ्ना कर्मचारी पत्रकार महराको निधन प्रति रेडियो मध्यपश्चिमले दुःख व्यक्त गरेको छ । रेडियोका कार्यबहाक अध्यक्ष सुशील गौतम र समाचार सम्पादक निमुसंगम घर्तीले शोक बक्तव्य जारी गर्दै मेहनती र जुझारु कर्मचारीको असामहीक निधनले आफूहरु शोकाकुल बनेको उल्लेख छ । जारी बक्तत्वयमा मृतक प्रति श्रद्धान्जली र परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान होस भन्ने कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला