२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

स्वास्थ्य एकाइले दुर्गममा स्वास्थ्य सेवामा पहुँच बढ्यो

२०७७, २ मंसिर मंगलवार ०४:०२

मङ्सिर २, म्याग्दी | म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका नरप्रसाद पुन बिरामी हुँदा पूरै दिन हिँडेर मुदीस्थित स्वास्थ्यचौकीमा पुग्नुपर्ने समस्या हटेकामा खुशी हुनुहुन्छ । गाउँपालिकाले भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि ६० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । 

“वडास्तरको स्वास्थ्यचौकी भएको मुदी पुग्न बगरबाट पूरै दिन भिर र जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले पीडा सहेर, रोग पालेर बस्नुपरेको थियो”, पुनले भन्नुभयो, “स्वास्थ्य एकाइ खुलेपछि समयमै सहजरूपमा स्वास्थ्य सेवा पाएका छौँ ।” बगरलगायत म्याग्दीका दुर्गम र विकट बस्तीमा स्थानीय तहहरुले स्थापना र सञ्चालन गरेका सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी भएका छन् । 

वडास्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर आधारभूत सेवा सुविधा लिन नसकेका दुर्गमका नागरिकसमक्ष स्वास्थ्य सेवाको पहुँच बढाउन सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बनेका हुन् । पायक पर्ने ठाउँमा स्वास्थ्य एकाइ स्थापना भएपछि सामान्य बिरामी पर्दासमेत तीन÷चार घण्टादेखि पूरै दिन हिँडेर स्वास्थ्यचौकीमा पुग्नुपर्ने बाध्यता हटेको छ ।

गाउँमै नियमित स्वास्थ्य परीक्षण र औषधि पाएपछि दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको धवलागिरि–४ खिवाङकी चनमाया घर्तीले बताउनुभयो । सातवटा वडा रहेको धवलागिरिले खिवाङ, आरबाङ र बगरमा तीनवटा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको छ । मालिका गाउँपालिकाले रुमको पात्लेखर्क र डाँडागाउँ, मङ्गला गाउँपालिकाले हिदी र बुकेनीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेका छन् । सिङ्गा, थाकनपोखरी र फुर्केसल्लामा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको बेनी नगरपालिकाले वडा नं ७ मा अर्को केन्द्र स्थापनाको तयारी गरेको छ ।

रघुगङ्गा गाउँपालिकाले सातवटा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । “बादुक, राममन्दिर, मौवाफाँट, दर्मीजा, रायखोर, पात्लेखर्क र कुइनेखानीमा स्वास्थ्य एकाइ स्थापना भएको छ”, उहाँले भन्नुभयो, “सबै स्वास्थ्य एकाइ स्थापनाका लागि रु पाँच/पाँच लाखमा भवन बनाएका छाँै ।” औजार, उपकरण र औषधिका साथै स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ ।

एकाइमा एक अहेव र एक कार्यालय सहयोगी खटाइएको छ । एकाइबाट स्वास्थ्य परीक्षण, निःशुल्क औषधि वितरण, परामर्श, गर्भ परीक्षण, खोपलगायतका सेवा दिने गरेको दर्मिजा सामुदायिक स्वास्थ्य एकाइका अहेब बिना पाइजाले बताउनुभयो । “हामीले नसक्ने बिरामीलाई स्वास्थ्यचौकी र जिल्ला अस्पताल सिफारिस गर्छौँ”, उहाँले भन्नुभयो, “आधारभूत तहको सेवा र परामर्श हामीबाटै हुन्छ ।” रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै