२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा कोरोनाबाट ७४ जनाको मृत्यु

२ मंसिर २०७७, मंगलवार ०४:०५

मङ्सिर २, बाँके | बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण हालसम्म ७४ जनाको मृत्यु भएको छ । बाँके जिल्लामा बसोबास गर्ने ३६ र बाहिरी जिल्लाबाट उपचारका क्रममा आई अस्पतालमा ज्यान गुमाएका ३८ गरी ७४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा बाँकेका १४ महिला र २२ पुरुष रहेका छन् भने जिल्ला बाहिरबाट उपचारका क्रममा आएका १० महिला र २८ पुरुष रहेका छन् । बाँकेमा लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका सङ्क्रमित बिरामीसमेत उपचारका लागि शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रेषण हुने गरेकाले मृतकको सङ्ख्या बढ्दो रहेको छ ।

बाँकेका विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना भएका १०७ बिरामीमध्ये ४७ जनाको अवस्था सिकिस्त रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा ३५ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ४७ कोरोना सङ्क्रमित बिरामीको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो । दुई जनाको भेन्टिलेटर, २३ जनाको आइसीयू र २२ जनाको अक्सिजनमा राखेर उपचार भइरहेको छ । बाँकेमा हालसम्म तीन हजार ६०१ जना सङ्क्रमित भएकामा तीन हजार ३१८ जनाले कोरोना पराजित गरी घर फर्किएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण