२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

विदेशको कमाइ, स्वदेशमा लगानी

२०७७, ३ मंसिर बुधबार ०४:३५

मङ्सिर ३, बलेवा। पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्किनुभएका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउनुहुन्छ । विदेश जानुअघि देशमै सिकेको सीपले उहाँलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो ।

पाँचवर्षे करार अवधि भ्याएर घर फर्किनुभएका उहाँ फेरि विदेश फर्किन चाहनुभएन । अहिले उहाँले यातायात व्यवसायमा हात हाल्नुभएको छ । 

जैमिनीकै राङखानीका बोमबहादुर विकले विदेशमा कमाएको पैसा फर्निचर उद्योगमा लगानी गर्नुभएको छ । विभिन्न देश गरी लामो समय विदेश बस्नुभएका विकले राङखानीकै व्याडथलामा फर्निचर उद्योग सञ्चालनमा ल्याउनुभएको हो । मलेशिया, साउदीदेखि कोरियामा मात्र १० वर्ष बिताउँदा नमरेको पैसा कमाउने धित मार्न उहाँले गाउँमै लगानी गर्नुभएको हो ।

विदेशमा कमाएको धेरथोर पैसा साना व्यवसायमा लगानी गर्दा निरन्तर आम्दानी र अन्यलाई रोजगारीसमेत हुने उहाँको बुझाइ छ । उहाँको उद्योगमा पलङ, कुर्ची, टेबल, झ्यालढोकालगायतका काठका सामग्री निर्माण गरिन्छ । यसबाट उहाँ बाहिरी बजारमा जाने गाउँको पैसा गाउँमै रोकिएको जिकिर गर्नुहुन्छ । उद्योगमा रु ५० लाख लगानी गरेको विकले बताउनुभयो । “धेरै विदेश धाइयो अलिअलि कमाइ भयो, विदेशको कमाइ भलबाढी हो धेरै टिक्दैन”, विक भन्नुहुन्छ, “निरन्तर आम्दानीका लागि देशमै केही गर्नैपर्छ ।” लगानी नगरी प्रतिफल नआउने भन्दै विकले कमाएको पैसा यत्तिकै राख्दा कुनै फाइदा नहुने बताउनुभयो । विकको फर्निचरमा उहाँको परिवार र केही गाउँका युवाले समेत काम गर्छन् ।

“मैले रु ४०/५० लाख लगानी गर्दा घरपरिवार र छिमेकीलाई समेत काम पुगेको छ”, उहाँ भन्नुहुन्छ, “काम भए कमाइ हुन्छ, कमाइ भए खर्च पुग्छ ।” उहाँले विदेशका मानिसहरुको व्यवसायप्रतिको मोह देखेर आफूले पनि सानो व्यवसाय थालेको बताउनुभयो । 

जैमिनी–१० राङखानीका यम पुन दुबईबाट फर्किनुभएको हो । दुबईमा काम र दाम धेरै राम्रो थियो तर उहाँ ११ वर्षको दुबई बसाइ सकेर गाउँघरमै व्यवसायमा लाग्नुभएको छ । उहाँले दुबईमा कमाएको पैसा लगानी गरेर कुश्मीशेरा बजारमा ‘जैमिनी कृषि तथा पशुपक्षी फार्म एण्ड रिसर्च सेन्टर तथा ब्लक उद्योग’ सञ्चालनमा ल्याउनुभएको छ ।

विदेशको सिकाइ र भोगाइलाई साना व्यवसायमा लगाउने योजना बनाउनुभएका पुनले ब्लक उत्पादनदेखि पक्षीको फार्मसम्मका लागि रु ५० लाख लगानी गर्नुभएको छ । “ठूलो योजना बनाएर कामको थालनी गरेका छौँ”, पुन भन्नुहुन्छ, “ब्लक उद्योगबाट शुरु गरेका छौँ, उद्योगबाट दैनिक ५०० ब्लक निर्माण हुनेछ, त्यहाँ तीन व्यक्तिले रोजगारी पाउँछन् ।” उद्योगअन्तर्गत बङ्गुरपालन शुरु भएको छ । पाँच सय बङ्गुर पाल्ने योजना छ । त्यहाँँ बङ्गुरपालनसँगै कुखुरा, टर्की, बट्टाइ, कडकनाथ र माछापालन गर्ने लक्ष्यसाथ अहिले काम शुरु गरिएको छ । “आफ्नै ठाउँमा गरे हुन्छ भन्ने सन्देश दिने इच्छा छ”, पुन भन्नुहुन्छ, “विदेशमा दुःखले कमाएको स्वदेशमा लगानी गरेर रोजगारी सिर्जना गर्ने लक्ष्य हो ।”

उल्लिखित तीन युवाका अतिरिक्त जैमिनीमा विदेशमा कमाएर गाउँघरमा लगानी गर्ने युवाको उल्लेख्य सङ्ख्या छ । पशुपालन, व्यापार, व्यावसायिक केराखेती, माहुरीपालन तथा साना उद्योगको सञ्चालनमा युवाले सहभागितात्मक लगानी बढाएका छन् । युवाको सक्रियताअनुसारको साथ स्थानीय सरकारले नदिएको युवाहरुको गुनासो छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने