२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

जिल्ला प्रशासनबाट सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

२०७७, ५ मंसिर शुक्रबार ११:३६

मङ्सिर ५, पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले  सेवा लिन राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको छ ।  कार्यालयले बिहीबार सूचना जारी गर्दै विभिन्न छ प्रकारका सेवा लिन आउँदा  परिचयपत्रको फोटोकपी अथवा उक्त परिचयपत्रका लागि विवरण दर्ता गराएको सुनिश्चित पेजको फोटोकपी सम्लग्न राख्नुपर्ने जनाएको छ । 

कार्यालयले राहदानी बनाउन तथा लिन, आदिवासी जनजाति सिफारिस लिन, सङ्घ संस्था दर्ता तथा नवीकरण गर्न, पारिवारिक विवरण तथा नाता प्रमाणित गर्न र नाबालक सिफारिस गर्ने अभिभावकका साथ उक्त सामग्री सम्लग्न राख्नुपर्ने प्रशासनले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार सरकारले वित्तीय संस्थामा खाता खोल्न, चलअचल सम्पत्ति बिक्री गर्न, सामाजिक सुरक्षा भत्ता लिन, शेयर खरिद बिक्री गर्न, लोकसेवा आयोगको फाराम भर्न, राहदानी बनाउन, पानी, विद्युत् तथा टेलिफोनको विल तिर्न राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्न लागेकाले नागरिकता प्राप्त सबै व्यक्तिका लागि कार्यालयमा उक्त व्यवस्था गरिएको हो । 

परिचयपत्रको विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरणको काम  जिल्लाबाट शुरुआत भएको थियो ।  यसको प्रयोग अनिवार्य गर्ने कार्यको शुरुआत पनि जिल्लाबाटै हुन लागेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते