२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

६ बर्षिया बालिकाको शव बोरामा भेटियो,आरोपित व्यक्तिको घरमा आगजनी

२०७७, ९ मंसिर मंगलवार ०४:३५

मंसिर ९, बर्दिवास | महोत्तरीको बर्दिवासमा ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी भएको छ | जिल्लाको बर्दिवास नगरपालिका १४ की ६ वर्षीया बालिकाको हत्याको आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको घरमा स्थानीयले आगजनी गरेका हुन् | 

स्थानीयले बाटो अबरुद्ध गरेका कारण आगोनिभाउन आएको दमकल आगलागी भएको स्थानसम्म पुग्न सकेको छैन | बालिका हत्याको बिरोध गर्दै स्थानीयले बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन् |

आइतबार साँझदेखि बेपत्ता रहेकी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव बोरामा पोको पारेको अवस्थामा सोमबार साँझ घर नजिकै फेला परेको थियो | अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको बताएका थिए । त्यसको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो | घटना स्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ  |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते