९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

त्रिशूली अस्पतालले स्वाब सङ्कलन नगर्ने

९ मंसिर २०७७, मंगलवार ०५:४७

मङ्सिर ९, त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागि सातामा दुईपटक सङ्कलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ । अस्पतालमा कोरोना भाइरस जाँचका लागि स्वाब सङ्कलन कार्यले कोरोना सङ्क्रमितको आउजाउ बढेर अस्पतालमा सङ्क्रमणको जोखिम बढ्ने देखिएसँगै स्वाब सङ्कलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पताल प्रशासन, स्वास्थ्य कार्यालय नुवाकोट र विदुर नगरपालिकाबीच भएको बैठकको निर्णयअनुसार हरेक साता सोमबार र बिहीबार सङ्कलन गरिँदै आएको स्वाब अबदेखि अनिश्चित समयसम्म बन्द गरिएको हो ।

अस्पतालले स्वाब सङ्कलन मापदण्ड बनाई यसअघि स्वाब सङ्कलन गर्ने क्रममा बढ्दो सङ्ख्या र हुने गरेको ‘अव्यवस्थित भीड’ रोक्न चुनौती देखिएकाले भाइरसको सङ्क्रमण अस्पतालभित्रै फैलने जोखिमले स्वाब सङ्कलन बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ । कोरोना जाँचका लागि अस्पतालमा स्वाब दिने सुविधा बन्द भए पनि आफू बसेकै स्थानीय तहमार्फत स्वाब सङ्कलन गरिएको नमूनाको परीक्षण अस्पतालले निःशुल्क जाँच गर्ने सुविधा कायमै रहेको जनाएको छ ।

 सबै सेवाग्राहीका लागि स्वाब सङ्कलन बन्द गरे पनि अस्पतालमा आकस्मिक अवस्थामा सेवा लिन पुग्ने, भर्ना भएका, शल्यक्रिया गर्नुपर्ने तथा बहिरङ्ग विभागमा जाँच गराउने बिरामीमा कोरोना भाइरसका मिल्दोजुल्दो लक्षण देखिए जुनसुकै समयमा स्वाब सङ्कलन र परीक्षण गरिने अस्पतालका मेसु डा पाण्डेले जानकारी दिनुभयो ।

त्रिशूली अस्पतालले गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला सेवा सञ्चालनमा ल्याएसँगै नुवाकोटसहित रसुवा, धादिङलगायतका स्थानबाट सङ्कलन गरिएको स्वाबको परीक्षण गर्न सहज हुँदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकहरुले संघर्षका कार्यक्रमहरू थप चर्काउने चेतावनी दिए ‘रियल स्टेट’लाई उद्योगको रुपमा विकास गर्नुपर्ने कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग बेलौरीमा जलेको अवस्थामा रानाको शव भेटियो आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै विद्यालय खुल्ने वातावरण बनाउन माग पोप फ्रान्सिसको निधनपछिका कुराहरू सप्तकोशीमा बेपत्ता दुईजनाको खोजी जारी भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु चराङ—छोसेर सडक धमाधम स्तरोन्नति दानव नदीमा बेपत्ता भएका दुई बालकको शव भेटियो भारतीय विद्युत् मन्त्री काठमाडौँमा अस्थायी आवास निर्माण गर्न अनुदान वितरण कक्षा १२ को परीक्षा निर्धारित समयमै सञ्चालन गर्ने बोर्डको निर्णय ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा प्लाष्टिकजन्य फोहर नबाल्न कामपाको आग्रह बाबुआमाले लछारपछार गर्दा शिशुको मृत्यु वृद्धाश्रममा परिवारको खुसी खोजिरहेका अनुहारहरू कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल