साउन १७, धनगढी । वर्षौंदेखि बिनादर्ता सञ्चालनमा रहेका कैलालीका ३२ वटा भुसी इँटाभट्टा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् । 

औद्योगिक प्रवद्र्धन बोर्डले बिनादर्ता सञ्चालनमा रहेका भुसी इँटा उद्योगलाई २०७३ माघसम्म आधुनिक प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, धनगढी । वर्षौंदेखि बिनादर्ता सञ्चालनमा रहेका कैलालीका ३२ वटा भुसी इँटाभट्टा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् । 

औद्योगिक प्रवद्र्धन बोर्डले बिनादर्ता सञ्चालनमा रहेका भुसी इँटा उद्योगलाई २०७३ माघसम्म आधुनिक प्"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

भुसी इँटा उद्योग दर्ता हुन थाले

१७ श्रावण २०७३, सोमबार १०:०४

साउन १७, धनगढी । वर्षौंदेखि बिनादर्ता सञ्चालनमा रहेका कैलालीका ३२ वटा भुसी इँटाभट्टा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका छन् । 

औद्योगिक प्रवद्र्धन बोर्डले बिनादर्ता सञ्चालनमा रहेका भुसी इँटा उद्योगलाई २०७३ माघसम्म आधुनिक प्रविधिमा रुपान्तरण हुने गरी प्रक्रिया पु¥याएर दर्ता गर्न गरेको नीतिगत निर्णयपछि भुसी इँटा उद्योग दर्ता गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दिलीप चन्दले बताए । 

भुसी इँटा उद्योग दर्ताका लागि कानुनी व्यवस्था अस्पष्ट रहेको कारणले पनि यसअघि उद्योग दर्ता हुन नसकेको बताइन्छ । उद्योग दर्ताका लागि घरेलु तथा साना उद्योग कार्यालयमा परेका निवेदनका आधारमा प्रारम्भिक वातावरणीय परीक्षणका लागि लेखी पठाइएकामा गएको आवमा ३२ उद्योग दर्ताका लागि उद्योग विभागले स्वीकृति दिएको बताइएको छ । 

दर्ताका लागि कार्यालयमा जिल्लाका ५० भन्दा बढी उद्योगका सञ्चालकले निवेदन दिएका थिए । तोकिएको समयभित्र दर्ता नभएका जिल्लाका अन्य भुसी इँटा उद्योग अब दर्ता गर्न कानुनी समस्या हुने कार्यालय प्रमुख चन्दले बताउनुभयो । औद्योगिक प्रवद्र्धन बोर्डले बनाएको मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गरी कम्तीमा एक वर्षदेखि सञ्चालनमा रहेका भुसी इँटा उद्योगको स्थलगत निरीक्षण गरी नियमानुसार उद्योग दर्ता गर्न घरेलु तथा साना उद्योग विभागलाई दुई वर्षअघि निर्देशन दिएको थियो । 

बिना मापदण्ड मानवबस्ती आसपासमा भुसी इँटा उद्योग स्थापना गर्ने प्रवृत्ति बढ्दै जाँदा यी उद्योगबाट आउने धुवाँ धुलोका कारण वातावरण प्रदूषित हुने गरेको जनगुनासो छ । यद्यपि चिम्नी इँटा उद्योगमा प्रयोग हुने खनिज तत्व कोइला, दाउरा आफूहरुले प्रयोग नगरी केवल जैविक भुसी (धानको भुस) प्रयोग गर्ने गरेकाले यस्ता उद्योगबाट वातावरण प्रदूषण नहुने दाबी भुसी इँटा उद्योगका सञ्चालकको छ । कैलालीमा मात्रै बिनादर्ता सञ्चालनमा करिब २०० भन्दा बढी इँटा उद्योग रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला