Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बागलुङमा कीर्ते नागरिकता दिएको आरोपमा दुई जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

<p>मङ्सिर १२, गलकोट (रासस) ।&nbsp;कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।&nbsp;</p><p>पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय बागलुङले तत्कालीन वडा नं ४ का सचिव प्रेमबहादुर खड्का र कीर्ते नागरिकता लिनका लागि साक्षी बसेका ३० वर्षीय सन्तोष आचार्य पक्राउ परेका छन् । </p><p>अदालतले वडाध्यक्ष ध्रुवबहादुर केसी, कीर्ते नागरिकता लिने युवकका पिता गुरुदत्त आचार्य र स्थानीय महेन्द्र सापकोटालाई पक्राउ गर्न भनेपछि प्रहरी परिचालन भएको छ । </p><p>फरक अभिभावक बनाएर कीर्तेे नागरिकता लिएको आरोपमा बागलुङ नगरपालिका–६ बाट पङ्कज सापकोटालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो ।</p>