९ बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै

१२ मंसिर २०७७, शुक्रबार ०९:५८

मङ्सिर १२, ललितपुर । हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य आज राति मञ्चन हुँदैछ ।  गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण  दुई दिन मात्र प्रदर्शन गर्न लागिएको हो । महामारी अझै मुलुकमा रहिरहँदा आज राति बराह नाट्य महोत्सव आयोजना गरेर विष्णुपुराणमा आधारित कथाअनुसार हिरण्याक्ष दैत्यको वध गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष हामी  परम्परा धान्न मात्र राति करीब ९ बजेदेखि ११.३० सम्म नृत्य मञ्चन गर्ने तयारीमा छौं ।” अन्य वर्ष झैँ यस वर्ष पनि कार्तिक नृत्यलाई निरन्तरता दिन ललितपुर महानगरपालिकाले रु दुई लाख र वडा नं १६ ले बराहको मुकुट बनाउन सहयोग गरेको चित्रकारले जानकारी गराउनुभयो । 

गत वर्ष पनि वडा नं १६ ले समितिलाई नृसिंहको मुकुट बनाइदिएको थियो । पाटन कृष्ण मन्दिर नजीकै रहेको ‘कार्तिक डबली’ मा राति नृत्य मञ्चन गर्न मञ्चलगायत आवश्यक वस्तुको तयारी भइसकेको छ । दिनानुदिन देखिएको कोभिड–१९ का कारण सामाजिक दूरी कायम गरेर आवश्यक कलाकार मात्र उपस्थित गराइने समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताउनुभयो । उहाँले  भन्नुभयो, “मुलुकमा कात्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि रोकिएको सुनिएको छैन ।” 

आफूनो उमेर ढल्केर बढ्दो रोगका कारण आज राति उपस्थित हुन नपाए तापनि नाकानाकामा स्थानीय स्वयंसेवक परिचालन गरेर थोरै दर्शकको उपस्थितिमा नाच चलाउनुपर्ने पाटन निवासी ७६ वर्षीय विजेन्द्रलाल श्रेष्ठले सुझाव दिनुभयो ।  विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । सो नाच विश्वकै नाचमध्ये सबैभन्दा लामो भएको जिकिर गरिएको छ । 

कात्तिक नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ । कात्तिक नाच प्रथम पटक पाँच दिन  तथा सिद्धिनरसिंह मल्लका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको जानकार बताउँछन् । 

यसैगरी श्रीनिवासका छोरा राजा योगनरेन्द्रले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला पछि थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको जनाइएको छ । मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्काे दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ । सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरेको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । 

आज राति देखाइने कार्तिक नृत्यमा १८ वर्षमुनि र ६० वर्षमाथिका मानिसलाई कलाकारमा संलग्न नगराइने भएको छ । सो उमेर समूहका मानिसमा कोरोनाको जोखिम बढी रहने भएको हुँदा समितिले सो निर्णय गरेको समितिका सचिव विजय तण्डुकारले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता