प्रेम सुनार/साउन १७, गुल्मी । नगरपालिकाका लागि  मापदण्ड अनुसारको जन संख्या नपुगे पछि रेसुङ्गा नगरपालिकामा छिमेकी  अरु गाविसहरु थपिन  पर्ने भएको छ ।   नेपाल सरकारले गठन गरेको  स्थानिय निकाय निर्धारण आयोगले पठाएको कार्यविधीहरु अनुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/साउन १७, गुल्मी । नगरपालिकाका लागि  मापदण्ड अनुसारको जन संख्या नपुगे पछि रेसुङ्गा नगरपालिकामा छिमेकी  अरु गाविसहरु थपिन  पर्ने भएको छ ।   नेपाल सरकारले गठन गरेको  स्थानिय निकाय निर्धारण आयोगले पठाएको कार्यविधीहरु अनुस"/>
२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा नगरपालिकामा अव अरु गाविस पनि थपिने

१७ श्रावण २०७३, सोमबार १२:४७

प्रेम सुनार/साउन १७, गुल्मी । नगरपालिकाका लागि  मापदण्ड अनुसारको जन संख्या नपुगे पछि रेसुङ्गा नगरपालिकामा छिमेकी  अरु गाविसहरु थपिन  पर्ने भएको छ ।   नेपाल सरकारले गठन गरेको  स्थानिय निकाय निर्धारण आयोगले पठाएको कार्यविधीहरु अनुसारको जन संख्या नपुगेका कारण यस्तो हु गएको जिल्ला विकास समितिले जनाएको छ ।

सदरमुकाममा रहेको नगरपालिकाको लागि ४५ हजार जनसंख्या चाहिन्छ जिल्ला विकाय समितिका कार्यक्रम अधिकृत तथा सुचना अधिकारी शंकरप्रसाद गौतमले भने –‘तर अहिले रेसुङ्गा नगरपालिका भित्र जम्म २८ हजार मात्रै जन संख्या रहेकोले यसका छिमेकी गाविसहरु  यस नगरपालिका भित्रका छिमेकी गाविसहरु  गाभ्नु पर्ने भएको छ । ’

गौतमले पराल्मी, गौंडाकोट , वलिथुम  , नयाँगाउँका केहि वडाहरुलाई रेसुङ्गा नगरपालिका भित्र गाभ्न सकिने बताए ।

रेसुङ्गा नगरपालिका  वाहेक सदरमुकाम वाहिर नगरपालिका बनाउन परेमा जन संख्या  ३५ हजार जनसंख्या चाहिने गौतमले जानकारी दिए । त्यस्तै  गाउँपालिका स्तरको स्थानिय निकायका लागि  २५ हजार जनसंख्या चाहिने  बताईएको छ ।  आयोगले गुल्मीलाई बढिमा ९ वटा स्थानिय निकाय बनाउन निर्देशन दिएको र त्यो भन्दा बढि बढाउन नमिल्ने गौतमको भनाई छ ।

हालै नेकपा माओवादी केन्द्र एक नगरपालिका सहित १४ वटा स्थानिय निकाय बनाउनु पर्ने प्रस्ताव अगाडी सारेको प्रति संख्या त्यति बनाउन नसिकए पनि स्थानिय निकाय  गठनमा मद्धत्त भने पुगेको गौतमले प्रतिकृया दिए ।

भने–‘  मैले उहाँहरुले प्रस्ताव हेंरे निकै मेहनत गर्नु भएको  रहेछ संख्उया बढाउन नमिले पनि अन्य कुरामा त्यसले मद्धत्त भने पुराउन देखिएको छ । उनले सवै दलहरु संग छलफल गरेर स्थानिय निकाय निर्धारण गरेर माथी पठाईने र नामकरण केन्द्रले नै गर्ने जानकारी दिए ।

उनले अधिकार अव जिल्लामा नरहने र शक्तिशाली  स्थानिय निकायहरु नै हुने बताउँदै नेपाली जनताले २००७ साल देखि गरेको आन्दोलन माओवादी जनयुद्ध समेतको वलिदानीले नेपाली जनताको सपना पुरा भएको धारणा राखे ।

२० दिन अघि देखि पहिरो गएर अवरुद्ध बनेको सेउँवा सिमाहघाछ सडक अहिले सम्म सम्वन्धीत निकायले सुचारु गर्न नसक्दा त्यस भेगका हजारौ जनताले सास्ती खेपेका छन् र रेुसुङ्गा नगरपालिका ५ को सेउवा र सिमाहघाटको विचमा पहिरो गएर त्यस सडक अवरुद्ध बनेको हो ।

एसएनआरडिपी कार्यक्रम अन्तरगत सडक विस्तार गर्न थालिए पनि पहिरोका कारण काम अगाडी बढ्न सकेको छैन् ।  उक्त सडक अवरुद्ध हुँदा जैसीथोक, वस्तु, वाग्ला, सिर्सेनी, यता धुर्कोट, पुर्कोट , हाडहाडे र उता अग्लुङ्ग सम्मका हजारौं जनताहरु पैदल यात्रा गरेर सदरमुकाम तम्घास आवत जावत गर्न बाध्य भएका छन् । त्यस्तै तम्घास सिमलटारी सडक पनि नियमित सुचारु हुन सकेको छैन् ।

त्यस्तै नयाँगाउँ हुँदै जैसीथोक हुँदै वस्तु जाने सडक पनि अवरुद्ध हुँदा जनताले सास्ती खेपेका छन् । यस सम्वन्धमा जिल्ला प्राविधिक कार्यालयको ध्यानकृष्ट गराउँदा सो कार्यालयले अव छिट्टै ममर्त सम्भारमा लाग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला