४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक

१५ मंसिर २०७७, सोमबार ०९:५८

मंसिर १५, लमजुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उनका परिवारले दाँहिने हातमा फलामको साङ्लोले बाँधेर कोठामा बन्धक बनाएर राखेको छ । 

गुरुङको मानसिक सन्तुलन गुमेपछि परिवारले समाल्न नसकेपछि बाध्य भएर घरकै एक कोठामा फलामको साङ्लोले बाँधेर राखिँदै आएको उनका ठूलो दाइ बेनीराम गुरुङले बताए  । उनले भने, “भाइलाई यतिकै छोडिदिँदा परिवारलाई आक्रमण गर्ने जे पाउँछ त्यही फाल्ने, घर भत्काउने गर्ने भएकाले बाध्य भएर साङ्लोले बाँधेर राख्दै आएको हो, यतिकै छोड्दा घर छोडेर भाग्ने र लिन जाँदा आक्रमण गर्ने गर्दा परिवारका सदस्य घाइतेसमेत हुने गरेका थिए ।” 

उनी पहिला राम्रै भए पनि १८ वर्षको उमेरबाट मानसिक सन्तुलन गुमेपछि कहिले भैँसी बाँध्ने फलामको साङ्लो त कहिले केही बाँध्ने फलामको साङ्लोले दायाँ हात बाँधेर कोठामै थुनेर राखिएको परिवारको भनाइ छ । परिवारका अनुसार गुरुङ १८ वर्षको उमेरमा भाारतीय सेनाका लागि भर्ती हुनलाई गएका र भर्ती हुन नसकेपछि घर आउने बित्तिकै मानसिक सन्तुलन गुम्न पुगेको थियो । 

मानसिक सन्तुलन गुमेका गुरुङका ठूली भाउजु दबलकुमारी गुरुङले भनिन्, “कतै कसैले सहयोग गरी राखेर उपचार गर्ने मान्छे भेटिएमा भगवान भेटे जस्तो हुथ्यो ।” आर्थिक अवस्था कमजोर भएकाले केही गर्न नसकिएको परिवारले जनाएको छ ।

मानसिक सन्तुलन गुमेका गुरुङले कोठामा निकै कष्टकर जीवन बिताउँदै आएका छन् ।  राम्रोसँग ओछ्यान लगाइदिए पनि सबै फाल्ने गरेकाले यतिकै राखिँदै आएको परिवारले जनाएको छ । मानसिक सन्तुलन गुमेका गुरुङ दाजुभाइमध्ये कान्छा हुन् । गुरुङका चार दाजुभाइ र ६ दिदीबहिनी रहेकामा ठूलो दाई बेनीरामले हेरचार गर्दै आइरहेको परिवारले जनाएको छ |रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ