२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु, १२ घाइते

२०७७, १६ मंसिर मंगलवार ०८:३०

मंसिर १६, बाँके | बाँकेमा दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने,१२ घाइते भएका छन् | जानकी गाउँपालिका ५ बानियाँगाउँमा दुई पक्षबीच भएको झडपमा जानकी गाउँपालिका ५ गुरुवागाउँ बस्ने ५४ वर्षीय धनिराम यादबको सोमबार साँझ मृत्यु भएको हो |

सोही गाउँपालिका ५ गुरुवागाँउस्थित नागबाबा कुटीमा कार्तिके पूर्णिमाको अवसरमा लागेको परम्परागत मेलामा बानियाँगाउँ बस्ने २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण सामान्य विवाद भएको थियो |

सोही विषयलाई लिएर दुबै पक्षका मानिसहरु बानियाँगाउँमा भेला भई आपसी झै–झगडा एवं कुटपिट हुँदा गम्भीर घाइते भएका धनिरामको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ |

झडपमा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १० जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् | जिल्ला प्रहरी कार्यालय बाँके र सशस्त्र प्रहरी गण खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले झगडामा संलग्न १४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने