साउन १८, नवलपरासी । दोषिलाई कारवाहीको माग गर्दै रामग्राम नागरिक समाज समव्यय समिति नवलपरासीका अध्यक्ष सम्भु उपाध्याय आजदेखि जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, नवलपरासी । दोषिलाई कारवाहीको माग गर्दै रामग्राम नागरिक समाज समव्यय समिति नवलपरासीका अध्यक्ष सम्भु उपाध्याय आजदेखि जि"/>
२१ मंसिर २०८२, शनिबार
नवलपुर - NWL

नवलपरासीमा दोषीलाई कारबाहीको माग गर्दै नागरिक समाजका अध्यक्ष उपाध्यायको आमरण अनसन

१८ श्रावण २०७३, मंगलवार ०८:२०

साउन १८, नवलपरासी । दोषिलाई कारवाहीको माग गर्दै रामग्राम नागरिक समाज समव्यय समिति नवलपरासीका अध्यक्ष सम्भु उपाध्याय आजदेखि जिल्ला प्रशासन कार्यालय अगाडी आमरण अन्सन बसेका छन् । गत ११ गते ठेकेदार पक्षका केहि व्यक्तिले नागरिक समाजको माईकिङ्ग गर्ने गाडी र माईक तोडफोड गरि अध्यक्ष उपाध्यायमा माथि गालीगलौज, धर्काधकी गरि दुव्र्यहार गरेपछि उचित न्याय पाउनका लागि अध्यक्ष उपाध्याय आजदेखि आमरण अन्सन बसेका हुन् ।

गत आर्थिक वर्ष ४ करोढ ८६ लाखमा गएको जिल्ला निकासीको ठेक्का यस वर्ष जिल्ला विसकाका कर्मचारी र ठेकेदारको मिलोमतोमा १ करोड ३१ लाखमा मात्र गएको आरोप लगाउदै आम नागरिकले पनि यो विषय थाहा पाउन पर्छ भन्ने उद्देश्यले रामग्राम नगरपालिकामा गराउन खोजिएको माईकिङ्ग गाडी र माईक ठेकेदार पक्षका केहि व्यक्तिले मोबाईलहरु खोजी तोडफोड गरि अधयक्ष उपाध्यायमा माथि दुव्र्यहार गरेका थिए ।

अध्यक्ष उपाध्याय माथि दुव्र्यहार गरेका फरार दोषिहरु मधये नियन्त्रणमा लिएको दिपु अग्रहरीलाई प्रहरीले प्रभावमा परि पुनः छोडेको थियो । दोषिलाई कारवाहीको माग गर्दै नागरिक समाजले जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय लगायतका निकायहरुमा ज्ञापन पत्र समेत बुझाई थियो तर आज एक हप्ता भईसक्दापनि दोषिको कुनै खोजखबर वा कारवाही समेत नभएको अध्यक्ष उपाध्यायले आरोप लगाउनु भयो ।

अध्यक्ष उपाध्यायले यो २४ घन्टे अमरण अन्सन  हो भन्दै दोषिलाई कारवाही नगरेसम्म म अमरण अन्सन तोडने छैन । विभिन्न राजनितिक दल, ठेकेदार र जिविस कर्मचारीको मिलोमतोमा यो ठेक्का सदर गर्ने र ठेक्का अवरोध गर्नेलाई वातामा बोलाएर लोभलालच देखाई यो केस मिलाउन खोजेको उपाध्यायले आरोप लगाउनु भयो । पटक पटक मलाई फोन गरि कति पैसा चाहिन्छ हामी दिन्छौ तर यो मुद्दा फिर्ता लिनु उपाध्यायले मिडियालाई बताउनु भयो । ठेक्काको वास्तविक छानविन गर्न उपाध्यायले अख्तियारमा पनि चिठि पठाई सकेको भन्नु भयो ।

करिब दुई सातादेखि जिविसमा चलिरहेको ठेक्काको विवाद मिलाउन पटक पटक जिविसमा बसीरहेको सर्वदलिय बैठक पनि निष्कर्ष विना नै टुंगिने गरहेको छ । स्थानिय विकास अधिकारीले दलहरुलाई ठेक्का बदर गर्ने वा सदर गर्ने विषमा निर्णय लिनु भन्दा पनि दलहरु पछि हटेको अवस्था छ देखिएछ । जिविसलाई ३ करोड घाटा लगाएर दिइएको यो ठेक्काको चौतर्फि विरोध भईरहदा स्थानिय प्रशासन, गृह मन्त्रालय र अख्तियारबाट समेतबाट वेवास्ता हुदै आएको नागरिक समाजले आरोप लगाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान