साउन १८, नवलपरासी । दोषिलाई कारवाहीको माग गर्दै रामग्राम नागरिक समाज समव्यय समिति नवलपरासीका अध्यक्ष सम्भु उपाध्याय आजदेखि जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १८, नवलपरासी । दोषिलाई कारवाहीको माग गर्दै रामग्राम नागरिक समाज समव्यय समिति नवलपरासीका अध्यक्ष सम्भु उपाध्याय आजदेखि जि"/>
२०८२, २६ चैत्र बिहीबार
नवलपुर - NWL

नवलपरासीमा दोषीलाई कारबाहीको माग गर्दै नागरिक समाजका अध्यक्ष उपाध्यायको आमरण अनसन

२०७३, १८ श्रावण मंगलवार ०८:२०

साउन १८, नवलपरासी । दोषिलाई कारवाहीको माग गर्दै रामग्राम नागरिक समाज समव्यय समिति नवलपरासीका अध्यक्ष सम्भु उपाध्याय आजदेखि जिल्ला प्रशासन कार्यालय अगाडी आमरण अन्सन बसेका छन् । गत ११ गते ठेकेदार पक्षका केहि व्यक्तिले नागरिक समाजको माईकिङ्ग गर्ने गाडी र माईक तोडफोड गरि अध्यक्ष उपाध्यायमा माथि गालीगलौज, धर्काधकी गरि दुव्र्यहार गरेपछि उचित न्याय पाउनका लागि अध्यक्ष उपाध्याय आजदेखि आमरण अन्सन बसेका हुन् ।

गत आर्थिक वर्ष ४ करोढ ८६ लाखमा गएको जिल्ला निकासीको ठेक्का यस वर्ष जिल्ला विसकाका कर्मचारी र ठेकेदारको मिलोमतोमा १ करोड ३१ लाखमा मात्र गएको आरोप लगाउदै आम नागरिकले पनि यो विषय थाहा पाउन पर्छ भन्ने उद्देश्यले रामग्राम नगरपालिकामा गराउन खोजिएको माईकिङ्ग गाडी र माईक ठेकेदार पक्षका केहि व्यक्तिले मोबाईलहरु खोजी तोडफोड गरि अधयक्ष उपाध्यायमा माथि दुव्र्यहार गरेका थिए ।

अध्यक्ष उपाध्याय माथि दुव्र्यहार गरेका फरार दोषिहरु मधये नियन्त्रणमा लिएको दिपु अग्रहरीलाई प्रहरीले प्रभावमा परि पुनः छोडेको थियो । दोषिलाई कारवाहीको माग गर्दै नागरिक समाजले जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय लगायतका निकायहरुमा ज्ञापन पत्र समेत बुझाई थियो तर आज एक हप्ता भईसक्दापनि दोषिको कुनै खोजखबर वा कारवाही समेत नभएको अध्यक्ष उपाध्यायले आरोप लगाउनु भयो ।

अध्यक्ष उपाध्यायले यो २४ घन्टे अमरण अन्सन  हो भन्दै दोषिलाई कारवाही नगरेसम्म म अमरण अन्सन तोडने छैन । विभिन्न राजनितिक दल, ठेकेदार र जिविस कर्मचारीको मिलोमतोमा यो ठेक्का सदर गर्ने र ठेक्का अवरोध गर्नेलाई वातामा बोलाएर लोभलालच देखाई यो केस मिलाउन खोजेको उपाध्यायले आरोप लगाउनु भयो । पटक पटक मलाई फोन गरि कति पैसा चाहिन्छ हामी दिन्छौ तर यो मुद्दा फिर्ता लिनु उपाध्यायले मिडियालाई बताउनु भयो । ठेक्काको वास्तविक छानविन गर्न उपाध्यायले अख्तियारमा पनि चिठि पठाई सकेको भन्नु भयो ।

करिब दुई सातादेखि जिविसमा चलिरहेको ठेक्काको विवाद मिलाउन पटक पटक जिविसमा बसीरहेको सर्वदलिय बैठक पनि निष्कर्ष विना नै टुंगिने गरहेको छ । स्थानिय विकास अधिकारीले दलहरुलाई ठेक्का बदर गर्ने वा सदर गर्ने विषमा निर्णय लिनु भन्दा पनि दलहरु पछि हटेको अवस्था छ देखिएछ । जिविसलाई ३ करोड घाटा लगाएर दिइएको यो ठेक्काको चौतर्फि विरोध भईरहदा स्थानिय प्रशासन, गृह मन्त्रालय र अख्तियारबाट समेतबाट वेवास्ता हुदै आएको नागरिक समाजले आरोप लगाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित