क्रसर व्यवसायीलाई ऐन अनुसार कारवाही हुन्छ: पौडेल

Posted on: 02 Aug, 2016

महेन्द्र केसी/साउन १८, पर्वत ।  स्थानिय विकास अधिकारी युवराज पौडेलले नीति विपरित काम गर्ने क्रसर व्यवसायीलाई ऐनमा तोके बमोजिम कारवाही गर्ने बताएका छन् । 

शनिवार जिल्ला प्रहरी कार्यालयले नियम उल्लघन गरी बालुवा उत्खनन गरेको भन्दै ८ ट्याक्टरलाई नियन्त्रणमा लिइ कारवाहीको लागि जिल्ला विकास समितिमा पठाएको थियो । पटकपटक नीतिलाई धोति लगाउँदै नदीजन्य पदार्थ निकाल्दै आएका क्रसर व्यवसायीलाई यसपटक भने आफुले सामान्य जरिवानामा नछोड्ने स्थानिय विकास अधिकारी पौडेलले बताए । 

असार, साउन र भदौको समयमा नदीबाट नदीजन्य पदार्थ निकाल्नको लागि नपाइने नीतिमा व्यवस्था रहेको बताइएको छ । 

जिल्लामा नदीजन्य पदार्थ उत्खननको लागि स्काभेटर तथा अन्य साधनको प्रयोग गरी निकाल्नको लागि नपाइने भएता पनि क्रसर व्यवसायीले हिउँदको समयमा नियम विपरीत काम गर्दै आइरहेका थिए । 

मध्यरातमा विच खोलाबाट बालुवा तथा अन्य नदीजन्य निकाल्दै आएको रंगेहात पक्राउ गरेको थियो । आफुहरुले बालुवा निकाल्न पाउनुपर्छ भन्दै क्रसरव्यवसायी पुरानावेदन अदालतमा पुगेका थिए जून विचाराधिनमा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले कालीगण्डकी नदीबाट बालुवा निकालीराखेका ८ ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो । असार, साउन र भदौको महिनामा नदीबाट नदिजन्य सामाग्री उत्खनन गर्नु नीति बाहिर भएका कारण आफुले नियन्त्रणमा लिएर जिल्ला विकास समितिको कार्यालयमा बुझाएको बताइन । 

विगतका दिनमा पनि अबैध रुपमा कालीगण्डकीबाट क्रसर व्यवसायीले नियम विपरीत नदीजन्य पदार्थ उत्खनन गरेका कारण जिप्रकाले नियन्त्रणमा लिइ कारवाहीको लागि जिल्ला विकास समितिको कार्यालयमा पठाएको थियो तर कार्यालयले सामान्य जरिवाना गराएर छोडेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!