सन्तोषकुमार गुप्ता/साउन १८, देउखुरी । लालमटिया गाविसले आर्थिक बर्ष २०७२/०७३ मा लक्षितबर्ग तर्फको बजेटमा चरम दुरुपयोग भएको पाईएको छ । 

गाविसले बिनियोजन गरेको लक्षित बर्गको बजेट मध्ये ७ लाख ४७ हजार ३ सय रकम उनीहरुको आयआर्जन तथा क्षमता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/साउन १८, देउखुरी । लालमटिया गाविसले आर्थिक बर्ष २०७२/०७३ मा लक्षितबर्ग तर्फको बजेटमा चरम दुरुपयोग भएको पाईएको छ । 

गाविसले बिनियोजन गरेको लक्षित बर्गको बजेट मध्ये ७ लाख ४७ हजार ३ सय रकम उनीहरुको आयआर्जन तथा क्षमता"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटिया गाविसमा लक्षितवर्गको बजेटमा चरम दुरुपयोग

१८ श्रावण २०७३, मंगलवार ०९:२०

सन्तोषकुमार गुप्ता/साउन १८, देउखुरी । लालमटिया गाविसले आर्थिक बर्ष २०७२/०७३ मा लक्षितबर्ग तर्फको बजेटमा चरम दुरुपयोग भएको पाईएको छ । 

गाविसले बिनियोजन गरेको लक्षित बर्गको बजेट मध्ये ७ लाख ४७ हजार ३ सय रकम उनीहरुको आयआर्जन तथा क्षमता विकासका लागि खर्च गर्नु पर्नेमा भौतिक पूर्वधार विकास निर्माणमा खर्च गरेको पाईएको हो । 

लालमटिया गाविसले सोमबार गाविस भवन मसुरियामा आयोजना गरेको आर्थिक बर्ष २०७२÷०७३ को बार्षिक आम्दानी खर्च सार्वजनिक तथा समिक्षा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा यस्तो पाइएको हो । 

जसमध्ये सबै भन्दा बढी बालबालिका तर्फको बजेट भौतिक पुर्वधार विकास निर्माणमा खर्च गरिएको छ , त्यसैगरी आदीबासी जनजाति, मधेसीमुस्लिम, पिछिडाबर्ग, जेष्ठ नागरिक र महिला तर्फको बजेट विकास निर्माणमा खर्च भएको गाविसले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । 

जसमा बालबालिका तर्फ विनियोजन गरिएको ६ लाख ७७ हजार रकम मध्ये ३ लाख २७ हजार रकम विकास निर्माणमा खर्च गरिएको छ भने ३ लाख ५० हजार रकम मात्र बालबालिकाको क्षमता विकास तथा आयआर्जनमा खर्च भएको गाविसले जनाएको छ । 

जसमा विद्यालयको भौतिक पूर्वधारण निर्माण तथा मर्मतका लागि भन्दै ३ लाख २७ हजार रकम खर्च गरेको गाविसले जनाएको छ, भने ३ लाख ५० हजार बराबरको बालबालिका लक्षित क्षमता विकासमा खर्चको गरेको छ । 

लालमटिया गाविस बालमैत्री गाविस उन्मुख भए भए पनि यस गाविसमा अहिले सम्म एक दर्जन बढी बालबालिका बालश्रम शोषण शिकार भएका छन्, बाल बिबाह बढ्दो क्रममा रहेको अवस्थामा गाविसले बालबालिकाको बजेट बालमैत्री गाविस बनाउन तर्फ खर्च गर्नुको साटो सडक निर्माण देखि विद्यालयको भवन निर्माण मर्मतमा खर्च गदै आएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी आदीबासी जनजाति, मधेसीमुस्लिम, पिछिडाबर्ग, जेष्ठ नागरिकको कुल ६ लाख ७७ हजार रकम मध्ये ३ लाख ८७ हजार रकम भौतिक पूर्वधार विकास निर्माणमा खर्च गरिएको छ । 

यी बर्गहरुको क्षमता विकास, आयआर्जनका लागि खर्च गर्नु पर्नेमा सामुदायिक वनको निर्माण, मर्मत, मन्दिर धर्मशाला मर्मत निर्माण, विद्युत बिस्तार, पोल खरिद, बाटो मर्मत जस्ता विकासे योजनामा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी महिला लक्षित कार्यक्रममा भने ३३ हजार ३ सय कुवा मर्मत बाहेक अन्य सबै रकम महिलाहरुको क्षमता विकास तथा सचेतना कार्यक्रममा खर्च गरिएको छ । महिला लक्षित कार्यक्रममा ४ लाख ५१ हजार ३ सय रकम मध्ये ३३ हजार ३ सय रकम मात्र विकास निर्माणमा खर्च गरिएको गाविसले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । 

गाविस सचिव दामोदर पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गाविसले एक बर्षको अबधिमा विभिन्न शिक्षृकमा गरी १९ लाख ३८ हजार ४ सय ४२ रुपैयाँ आम्दानी गरेको जनाएको छ । आर्थिक बर्ष २०७२/०७३ मा गाविसले मालपोतबाट ५ लाख ३४ हजार ९ सय ५१, विज्ञापन करबाट ५३ हजार २५, सिफारिस दस्तुर बाफत ११ लाख ६४ हजार २९, बिल्व शुल्क बाफत ४४ हजार ९ सय ५० जग्गा विकास करबाट ५० हजार, प्राकृतिक स्रोत उपयोग कर बाफत ७९ हजार ८ सय ६२ र अन्य आम्दानी ११ हजार ६ सय २५ रुपैयाँ गरी उक्त आम्दानी गरेको गाविसले जनाएको छ ।

 गाविसको कुल २ करोड २० लाख ६५ हजार ९ सय ६५ रुपैयाँ ६९ पैसाको आम्दानी तथा बजेटमा समाजिक सुरक्षा भत्ता सहित कार्यालय सञ्चालन खर्च तर्फ १ करोड ४० लाख २१ हजार ७ सय ४६ रुपैयाँ ५० पैसा, पूजीगत अर्थात विकास निर्माण तर्फ २३ लाख ७४ हजार ७ सय ० जसमा ठुला भौतिक पुर्वधार विकास निर्माण तर्फ ११ लाख ३ हजार, साना तथा प्रवर्धनात्मक योजना तर्फ ७ लाख ५७ हजार ७ सय खर्च भएको गाविसले जनाएको छ । 

त्यसैगरी बालबालिका लक्षित कार्यक्रम तर्फ ६ लाख ७२ हजार ३ सय ३१, महिला लक्षित कार्यक्रम तर्फ ४ लाख ५१ हजार ३ सय, कृषि लक्षित कार्यक्रम तर्फ ६ लाख ३७ हजार, आदीबासी जनजाति, मधेसीमुस्लिम, पिछिडाबर्ग, जेष्ठ नागरिक लक्षित कार्यक्रम तर्फ ६ लाख ७१ ह्जार ६ सय ९५ र कन्टन्जेन्सी तर्फ १ लाख ३४ हजार ८ सय ३५ रुपैयाँ खर्च भएको छ भने शान्ति समितीको २१ ह्जार ८ सय रकम अहिले सम्म खर्च हुन नसकेको गाविसले जनाएको छ । 

गाविस प्राविधिक ऋषिकेस क्षेत्रीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले विकासे बजेट तथा सरकारी कामकार्वाही गर्दा सरकारी बैङ्क देउखुरीमै नरहेकोले समस्या भएको बताउँदै भालुवाङ्गमा रहेको नेपाल बैङ्कको शाखा पुर्नर स्थापनाका लागि पहल गर्ने, निष्कृय रहेको शान्ति समिती पुर्न गठन गर्नु पर्ने बताएका थिए । 

उनीहरुले विकास निर्माण गर्न सजिलो भएको भए पनि कागज पत्र मिलाउन नजान्दा दुख भएको र बजेट ढिला निकासी हुने गरेकोमा दुखेसो समेत व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका शोभाकर भुसाल, नेकपा माओवादी केन्द्रक भर्मराज अधिकारी, राप्रपा नेपालका बाबुराम मल्ल, फोरमलोकतान्त्रिकका गोरखनाथ कसौधन, राप्रपाका टेकबहादुर गिरी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, नेपाल कम्युनिष्ट पार्टीका छविलाल सुनार, लालमटिया बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष कृष्णबहादुर गिरी, उपभोक्ता समितीका जुम्मन मियाँ, त्रिभुवन गुप्ता, मेनुका शर्मा, उत्तम अधिकारी, सरस्वता पोख्रेल, गुलाम अलिशाही, टेकबहादुर रातव, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजाल, पत्रकारद्धय सन्तोषकुमार गुप्ता र जमिर शाह लगायतका बक्ताले सल्लहसुझाव सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहर्जीकरण गाविसका सह—लेखापाल रेशमराज अधिकारीले गर्नु भएको थियो ।       




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान