बिगत ३ दिनदेखि श्रीकोट, देउलेक र सित्तडमा विद्युत सेवा अवरुद्ध भएको स्थानिय सुरेन्द्र भाटले जा"/>
बिगत ३ दिनदेखि श्रीकोट, देउलेक र सित्तडमा विद्युत सेवा अवरुद्ध भएको स्थानिय सुरेन्द्र भाटले जा"/>
सास/साउन १८ बैतडी । बैतडीको श्रीकोट, देउलेक, सित्तड लगायतका गाविसमा विद्युत सेवा अवरुद्ध हुदा समस्या स्थानिय बासिन्दालाई समस्या भएको छ ।
बिगत ३ दिनदेखि श्रीकोट, देउलेक र सित्तडमा विद्युत सेवा अवरुद्ध भएको स्थानिय सुरेन्द्र भाटले जानकारी दिनुभयो । खोचलेक बजार नजिक र देउलेकमा रहेको ट्रान्सफर्मरमा समस्या देखिएकाले विद्युत सेवा अवरुद्ध भएको बताईएको छ ।
खोचलेक बजारमा भुमिराज मोवाईल रिपेयरिङ सेन्टर तथा सन्तोस श्रृङगार एण्ड गिफ्ट सेन्टरका सञ्चालक समेत रहेका भाटले यसक्षेत्रको बिद्युत लाईनमा बेलाबेला समस्या आउने गरेको जानकारी दिनुभयो ।
यसरी बेलाबेलामा बिद्युत सेवा अवरुद्ध हुने भएकाले समस्या भएको बताउनुभयो । उहाले भन्नुभयो “ श्रीकोटमा अधिकांस वत्ती गईरहन्छ , आईहाल्यो भने पनि डिम आउने गरेको छ ”
विद्युत सुचारु नहुँदा त्यस क्षेत्रका बासिन्दा अन्धकारमा बस्न बाध्य हुनुका साथै मोबाइल चार्ज गर्न देखि लिएर कुटानी पिसानी समेत बन्द भएका छन। मोवाईलमा समेत चार्ज नहुदा सञ्चारवाट समेत टाढा हुनुपरेको बताईएको छ ।
विद्युत प्राधिकरणलाई लापरवाही कारणले बेलाबेलामा यस्तो समस्या भोग्नुपरेको स्थानियको आरोप रहेको छ । विद्युत सेवा अवरुद्ध भएको बारेमा विद्युत प्राधिकरणलाई जानकारी गराउँदा समेत केही पहल नगरेको बताईएको छ ।