प्रकाश धौलाकोटी | तेह्रथुम, १८ साउन । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | तेह्रथुम, १८ साउन । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार "/>
2026-09-28 08:45 AM
तेह्रथुम - TRT

क्यान्सर पिडित लिम्बुको उपचारकालागि सहयोग जुट्न थाल्यो

प्रकाश धौलाकोटी | तेह्रथुम, १८ साउन । आर्थिक अभावका कारण उपचारमा समस्या भएको समाचार बाहिर आएपछि धनकुटा परेवादिन–१ का क्यान्सर पीडित हेमकुमार लिम्बूलाई उपचारकालागि सहयोग जुट्न थालेको छ । लिम्बूको उपचारमा सहयोगकालागि मलेसियामा रहेका प्रबासी नेपालीहरुद्धारा सञ्चालित सांगीतिक हटसप अनलाइन ग्रुपले ९ हजार १ सय २४ रुपैयाँ सहयोग गरेको छ । 

सो रकम मंगलबार छथरको शुक्रबारेमा एक कार्यक्रम गर्दै छथर पत्रकार समाजका अध्यक्ष प्रकाश पाक्सावाले बिरामी रहेका लिम्बुका दाजु केसरमान लिम्बुलाई हस्तान्तरण गर्नुभएको छ । उनको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । 

असंख्य रुपमा खोलिएका हटसपहरु मनोरञ्जनको लागि मात्र नभई समाज सेवाकालागि पनि सक्रिय हुनसक्छन् भन्ने उदाहरण स्वरुप सहयोग गरिएको ग्रुपका संस्थापक धर्म चौहानले बताउनुभयो । भाइको उपचारमा सहयोग गर्ने प्रवासी नेपालीहरुलाई धन्यवाद दिँदै लिम्बुका दाजु केशरमानले सहयोगको याचना गर्नुभयो ।

कार्यक्रममा रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिख आँखेवाले बोल्दै लिम्बूको उपचारमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रम छथर पत्रकार समाजका सचिव उदयदीप सुब्बाले सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह