२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

गिद्ध बढ्दै : प्रदेशकै गहनाको अवधारणा विकास

२०७७, २८ मंसिर आईतवार ०७:३९

मङ्सिर २८, उदयपुर । उदयपुरको पूर्वीक्षेत्रको बेलका नगरपालिका–७ को मैनामैनीस्थित सुगाचरी भिरक्षेत्रमा दुई वर्षदेखि नगरपालिकाले गिद्ध संरक्षण अभियान सञ्चालन गरेपछि अहिले सो क्षेत्रमा गिद्धको सङ्ख्यामा वृद्धि भएको छ ।

नगरपालिकाका अनुसार मैनामैनीको सुगाचरी भिर क्षेत्रमा पूर्वी क्षेत्रका पहाडी तथा तराईका जिल्लामा घुमन्ते गिद्धको लामो समयदेखि आश्रयस्थल रहेको र केही वर्ष अघिसम्म यस क्षेत्रमा पाँच वर्षसम्म गिद्ध रहेको भए पनि संरक्षण अभियान शुरु भएपछि अहिले सात सय भन्दा बढी गिद्ध वृद्धि भइसकेका नगरपालिकाले बताएको छ ।

पहाडी जिल्ला खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुट्टा, तेह्रथुम, पाँचथर, झापा, मोरङ, सुनसरी सप्तरीलगायतका जिल्लामा घुमेर आहारा खोज्ने गरे पनि बेलुकी साँझपख बास बस्न मैनामैनीको सुगाचरी भिरमा नै आउने गरेका मैनामैनीका ७८ वर्षीय हर्कमान राई बताउनुहुन्छ । 

नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाका अनुसार यसक्षेत्रमा पाइने अति नै दुर्लभ प्रजातिका पक्षी गिद्ध संरक्षण गर्न नगरपालिकाले नयाँ योजनानै ल्याएर दुई वर्षदेखि संरक्षण अभियान अगाडि बढाएको छ । 

गिद्ध संरक्षण अभियानलाई अगाडि बढाएपछि अहिले दुई वर्षभित्र पाँच सयबाट झण्डै सात सयको हाराहारीमा गिद्ध वृद्धि भइसकेका पनि थापाले बताउनुभयो । गिद्ध संरक्षण गर्न बेलका क्षेत्रमा मरेका घरपालुवा जनावारलाई मैनामैनीको सुगाचरी क्षेत्रसम्म लगेर गिद्ध बसोवास गर्ने क्षेत्रमा राखिदिने कार्य नियमित गर्दै आएको नगरपालिकाले जनाएको छ । यस्तै गिद्धको प्रजातिको अध्ययन गर्न चरा विशेषज्ञसमेत झिकाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल