बेनी (म्याग्दी), १९ साउन । आगामी चैत मसान्तसम्म म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी सुरु भएको छ । 

बेनी नगरपालिकासहित जिल्लाका विभिन्न २४ ओटा गाविसको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि रहेको पाइएपछि चालु शैक्षिकसत्रको अन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बेनी (म्याग्दी), १९ साउन । आगामी चैत मसान्तसम्म म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी सुरु भएको छ । 

बेनी नगरपालिकासहित जिल्लाका विभिन्न २४ ओटा गाविसको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि रहेको पाइएपछि चालु शैक्षिकसत्रको अन्"/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीको साक्षरता प्रतिशत पन्चानब्बेभन्दा माथि

१९ श्रावण २०७३, बुधबार ०२:३८

बेनी (म्याग्दी), १९ साउन । आगामी चैत मसान्तसम्म म्याग्दी जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी सुरु भएको छ । 

बेनी नगरपालिकासहित जिल्लाका विभिन्न २४ ओटा गाविसको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि रहेको पाइएपछि चालु शैक्षिकसत्रको अन्तसम्म साक्षर जिल्ला घोषणा अभियानलाई अगाडि बढाइएको हो । 

साक्षर जिल्ला घोषणाका लागि बाँकी ११ गाविसको पनि साक्षरता प्रतिशतको दर झन्डै ९० प्रतिशतको हाराहारीमा रहेको हुँदा चालु शैक्षिकसत्रमा साक्षर म्याग्दी घोषणा गरिने जिल्ला शिक्षा कार्यालय म्याग्दीले जनाएको छ । 

साक्षर जिल्ला घोषणा गर्न खासगरी १५ देखि ५९ वर्ष उमेर समूहका निरक्षर व्यक्तिलाई विभिन्न कार्यक्रममार्फत साक्षर बनाउने अभियान चलाइएको जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार गाविसका वडा तहसम्म निरक्षर व्यक्तिलाई साक्षर बनाउनका लागि सबै विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र रहेका निरक्षर तथा विद्यालयको पहुँच बाहिर रहेकालाई विद्यालयमा ल्याउने काम भइरहेको छ । 

यसैगरी, म्याग्दीमा सञ्चालनमा रहेका २१ ओटा सामुदायिक अध्ययन केन्द्रबाट पनि प्रौढ शिक्षा अध्ययन गरिरहेकालाई निरन्तर शिक्षा प्रदान गर्न र जीवनपर्यन्त सिकाइ सिकाउनका लागि कार्यक्रम गरिएको जिशिअ अधिकारीको भनाइ छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो