विनोद बिष्ट, साउन १९, बैतडी । आर्थिक अभावमा मुटुका बिरामी एक बालकको उपचार हुन सकेको छैन । खर्च अभावमा देहिमान्डौँ–८ मा बस्दै आएकी बसन्तीदेवी ऐरका ५ वर्षीय छोरा सञ्जीवको उपचार हुन नसकेको हो । 

श्रीमान र घरपरिवारले वास्ता नगरेपछि छोरासहित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विनोद बिष्ट, साउन १९, बैतडी । आर्थिक अभावमा मुटुका बिरामी एक बालकको उपचार हुन सकेको छैन । खर्च अभावमा देहिमान्डौँ–८ मा बस्दै आएकी बसन्तीदेवी ऐरका ५ वर्षीय छोरा सञ्जीवको उपचार हुन नसकेको हो । 

श्रीमान र घरपरिवारले वास्ता नगरेपछि छोरासहित"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

मुटुरोगी छोरा बचाइदिन आमाको हारगुहार

१९ श्रावण २०७३, बुधबार ०५:३२

विनोद बिष्ट, साउन १९, बैतडी । आर्थिक अभावमा मुटुका बिरामी एक बालकको उपचार हुन सकेको छैन । खर्च अभावमा देहिमान्डौँ–८ मा बस्दै आएकी बसन्तीदेवी ऐरका ५ वर्षीय छोरा सञ्जीवको उपचार हुन नसकेको हो । 

श्रीमान र घरपरिवारले वास्ता नगरेपछि छोरासहित माइतीमा बस्दै आएकी ऐरका अन्य परिवार झलारीपिपलाडी नगरपालिका–११ कञ्चनपुरमा बस्ने गरेका छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि बिरामी छोरासहित उनी माइतीको आश्रयमा बस्दै आएकी छिन् । माइतीको अवस्था पनि झन् नाजुक छ । माइतीमा पनि बुबाको र भाइको पहिले नै मृत्यु भइसकेको र एक्ली ६२ वर्षीया आमा मात्रै हुनुहुन्छ । 

श्रीमान र घरपरिवारले छोराको उपचार गर्न कुनै वास्ता नगरेकाले वसन्ती माइतीको शरणमा बैतडी पुगेकी हुन् । छोराको जीवन जोगाईदिन उनले हारगुहार गरेकी छन् । विरामी बालक सञ्जीवका बुबा ज्ञानेन्द्रबहादुर ऐर बेरोजगार छन् । मेरो र छोराको हेरचाह नगर्ने र वास्ता गर्न छोडेपछि विगत ३ वर्षदेखि माइतीमा बस्दै आएको वसन्तीले बताइन् । उनको माइतीको अवस्था पनि दयनीय छ, घरमा आमा मात्रै एक्लै हुनुहुन्छ । 

उनले भनिन्, “हामी दुई बहिनी मात्रै हाँ,ै दुवैको बिहेपछि माइतीमा आमा एक्लै मात्रै छन् ।” घरपरिवारले बेवास्ता गर्दा छोराको उपचार गर्न नसकेको उनले दुखेसो पोख्दै भनिन्, “माइतीमा कोही छैन घरकाले नहेर्दा छोराको उपचार हुन सकेको छैन ।” जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि गत जेठमा छिमेकीको सहयोगले छोरालाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा उपचारका लागि लगिएको थियो ।

काठमाडौँमा जाँच गराउँदा मुटुमा प्वाल परेको छ छिट्टै शल्यक्रिया गर्नुपर्छ नत्र ठीक नहुने डाक्टरले सल्लाह दिएपछि वसन्तीलाई थप चिन्ता परेको छ । आर्थिक अभावले उपचार हुन सकेको छैन । सञ्जीवको मुटुको शल्यक्रिया गर्नुपर्ने भनेपछि बसन्ती समस्यामा छिन् । उपचार गर्न उहासँग पैसा छैन । विपन्न वर्गको सिफारिस गर्न सदरमुकाम आएकी वसन्तीले छोरा बचाई दिन सहयोगको याचना गरेकीछिन् । उनले छोराको उपचारका लागि आवश्यक पहल गरिदिन जिल्लाका राजनीतिक दल, सञ्चारकर्मी र स्थानीय निकाय तथा सहयोगीदातालाई अनुरोध गरेकी छन् । 

उनलाई यहाँबाट काठमाडाँै पुग्न समस्या छ । उपचार गर्न जाँदा छोरासँग जाने कोही छैनन् । उनले भनिन्, “पैसाको अभाव एकातिर छ अर्कोतिर अस्पताल पु¥याइदिने आफ्नोे कोही छैन । छोराको मुटु सामान्यको भन्दा दुई गुना बढी एकोहोरो चल्ने गर्छ, मुटु सुन्निने रोगको औषधि खुवाइरहेकी छु समयमै उपचार गर्न नसके भोलि के हुन्छ चिन्ता लाग्न थालेको छ ।” 

सञ्जीव २ वर्षको छँदादेखि नै अलिअलि ज्वरो आउने गरेको थियो । ज्वरो हो सामान्य हो भनेर स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएका थिए । स्थानीय अस्पतालमा सामान्य उपचार गराएर पनि छोरालाई निको नभएपछि त्यहीबेलादेखि चिन्ता लागेको वसन्तीले सुनाइन् । “निमोनिया हो ठीक भइहाल्छ भनी सोचेकी थिएँ”, उनले भनिन्, “हाल आएर मुटुमा समस्या भएको देखाएको छ । मुटुको समस्याले छोराको मानसिक विकास पनि राम्ररी भएको छैन । छोराको उपचारका लागि भौँतारिँदैछु, पैसा जुटाउन सके छोराको रोग निको हुन्थ्यो कि आशा पलाएको छ ।” 

सहयोगी हातको प्रतीक्षामा रहेकी वसन्तीसँग देहिमान्डौँस्थित विद्यालय र स्थानीय बजारमा केही रकम उठेको छ तर त्यो उपचारका लागि काठमाडाँ जान पर्याप्त छैन । पति सम्पर्कविहीन छन् परिवारले सहयोग जुटाउन सहायता गरेका छैनन्, उनले भनिन्, “एकपटक मात्रै छोरालाई उपचारका लागि काठमाडाँै लगेका उनका परिवारले आजभोलि वास्ता गर्न छोडेका छन् ।” ३५ वर्षीया वसन्तीले दुखेसो पोख्दै भनिन्, “सम्पत्तिको नाममा त्यही एउटा छोरा छ, कतैबाट सहयोग पाए त्यही सम्पत्ति जोगाउन सकिन्थ्यो की १” 

सञ्जीवलाई आजभोलि पनि नियमित रुपमा औषधि खुवाइराखेको भएपनि औषधि सकिन लागेको उनले बताइन् । सञ्जीवलाई आजभोलि पुनः ज्वरो आउन थालेको, बायाँतिरको मुटु बढी हानिराख्ने उनले बताइन् । 

१० वर्षपहिले बिहे गरेकी बसन्तीले आँखाबाट आँसु झार्दै भनिन्, “मेरो जति चिन्ता श्रीमान र घरपरिवारलाई भइदिएको भए आज यस्तो दिन आउने थिएन ।” ५ वर्षीय छोराको उपचार रकम जुट्न सके नयाँ जीवन पाउने आशा बसन्तीले गरेकीछिन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना