२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा वडाध्यक्षको हत्या अभियोग लागेका चार जनालाई जन्मकैद

२०७७, ९ पुष बिहीबार ०६:४८

पुस ९,अछाम ।अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ। 

जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए।

वडाध्यक्ष धामी विसं २०७६ माघ महिनाको २० गते राति भैंसी गोठमा मृत फेला परेका थिए। मृतक वडाध्यक्षका भाइ सुरतबहादुर धामीले स्थानीय नौ जनाले हत्या गरेको भन्दै उनीहरूका नाममा किटानी जोहेरी दिएपछि हत्यामा संलग्न रहेको आरोप लागेका अन्य पाँच जनाको कसूर नरहेको भन्दै अदालतले सफाइ दिएको छ भने चार जनालाई जन्मकैदको फैसला सुनाएको छ। 

मृतक धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित थिए।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल