४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

वन फँडानीविरुद्ध कारवाही गर्न मुख्यमन्त्रीको निर्देशन

१५ पुष २०७७, बुधबार ०९:४७

पुस १५,महोत्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फँडानी गर्नेविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाएका छन् । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले वन फँडानी गर्ने भू–माफिया र मतियारविरुद्ध कडा कारवाही गरिने प्रतिबद्धता जनाएका हुन् ।

त्यसअघि बर्दिवासवासीले यस भेगका सामुदायिक वन राजनीतिक संरक्षणमा मासिंदै गएकाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । मुख्यमन्त्रीले भने, “वन फँडानी गर्ने तस्कर र तिनका मतियारविरुद्ध कडा कारवाही गर्नोस् ।” वन फँडानीका घटनामा विगतमा राजनीतिक संरक्षण हुने गरेको स्वीकार्दै मुख्यमन्त्री राउतले अब दोषीलाई कारवाही गरेर छाड्ने बताए ।

महोत्तरीको बर्दिबास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वन क्षेत्रमा करीब चार बिघा क्षेत्रफलका ४०० भन्दा बढी रुख फाँडिएपछि जारी पुस महिनाको पहिलो सातादेखि नै यहाँ दिनहुँ सोविरुद्ध प्रदर्शन र कारवाहीको माग हुँदै आएको छ । बर्दिबास–१ का लीलामणि आचार्य र कृष्णप्रसाद गौतमले आफ्नो निजी जग्गाको रुख भन्दै सो कटानका लागि बर्दिवास–१ वडा कार्यालय, बर्दिवासस्थित मालपोत र नापी कार्यालय एवं रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिकै सहमति पाएपछि पुसको पहिलो सातामा रातारात वन फँडानी भएको थियो । 

आचार्य र गौतमले साविक २५ नम्बर बहादुरगञ्ज–३ ‘क’ (हाल बर्दिबास नगरपालिका–१) को कित्ता नम्बर–२ को ०१–०२–११ (एक बिघा दुई कठ्ठा ११ धुर) जग्गामा आफैँले रोपी हुर्काएको रुख कटानका लागि डिभिजन वन कार्यालय महोत्तरीमा स्वीकृतिका लागि गत असोजमै निवेदन दिएका थिए । सो निवेदनको प्रक्रियामा बर्दिबास–१ वडा कार्यालय, बर्दिवासस्थित मालपोत र नापी कार्यालय एवं रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिले रुख काट्न मिल्ने सहमति दिएपछि डिभिजन वन कार्यालयले कटान आदेश दिएको थियो । 

यसैगरी डिभिजन वन कार्यालयले गलत सूचना र टिप्पणी लेख्ने आफ्नै सातजना कर्मचारीविरुद्ध कारवाही थालेको डिभिजन प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए । बर्दिबासमा वर्सेनी वन क्षेत्र अतिक्रमण हुने क्रम भने बढ्दै नै गएको छ । गत वर्ष बर्दिवास–१, ३ मा पर्ने नेवारडाँडा कामीडाँडा सामुदायिक वन क्षेत्रको प्लट नम्बर पाँचभित्र करीब पाँच हेक्टर वन क्षेत्र अतिक्रमण भएको सीमाङ्कन गरिएको थियो ।

प्रदेश–२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सचिव प्रेमनारायण कँडेलकै उपस्थितिमा भएको सीमाङ्कनअनुसार अतिक्रमण हटाउन डिभिजन वन कार्यालय र सम्बद्ध सामुदायिक वन उपभोक्ता समितिले कुनै तदारुखता नदेखाएको बर्दिवासबासीको गुनासो छ ।

जिल्लामा जम्मा २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको अभिलेख र स्रेस्ता रहेपनि वर्सेनी हुने वन अतिक्रमण र त्यसको रोकथाममा देखिएको उदासीनताले अब वन क्षेत्र करीब १६ हजार हेक्टरमा खुम्चिएको छ । प्रदेश सरकारका मुख्यमन्त्रीले वन अतिक्रमणविरुद्ध कडा कारवाही गर्ने प्रतिबद्धता जनाएपछि केही हुने आश भने पलाएको बर्दिबासबासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ