२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘कर्णाली उत्सवः विचारको कुम्भ मेला’

२०७७, १९ पुष आईतवार ११:४५

पुस १९,कर्णाली । सङ्घीयताको मर्मदेखि यहाँको भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक, सामाजिक जनजीवनका विषयमा यस वर्ष पनि आगामी फागुनको अन्तिम साता ‘कर्णाली उत्सवः विचारको कुम्भ मेला’ हुने भएको छ । 

ऋति फाउण्डेसन वीरेन्द्रनगर सुर्खेत, कर्णाली उत्सवको सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उत्सव तयारी समितिका संयोजक कमल लम्सालले कर्णालीको समग्र विषयमा हुने छलफलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विचारको सशक्तमन्थन हुने जानकारी दिए ।  यसले कर्णालीको विगत्, वर्तमान र भविष्यबारे बोल्ने भएकोले यस उत्सवलाई कुम्भ मेला भनिएको उनले बताए ।

“फाउण्डेसनले गत वर्ष फागुनमा भाषा, साहित्य, संस्कृति र कलाका विषयलाई मुख्य बहस बनाउने परम्परालाई तोड्दै मानव जीवनका सम्पूर्ण अवस्थालाई समेटेर १४ वटा विभिन्न सत्रमा समृद्धिको सपनाबार बहस गरेको थियो,” उनले भने,“त्यसको साथै मुलुकको सङ्घीय व्यवस्था, उत्पीडित, सीमान्तकृत वर्ग र कर्णालीबारे पनि बहस गरेका थियौं ।” 

कर्णालीको इतिहास, कला संस्कृति, भाषा र साहित्यको जगेर्ना, आर्थिक अवसरको खोजी, राजनीतिक, सामािजक, साँस्कृतिक रुपान्तरणका विषयमा विमर्श, शैक्षिक तथा प्रशासनिक विकासको पैरवी, कर्णालीको जनजीवन, इलम, र सीपको चर्चा गर्नु, यसलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नु तथा समस्या समाधानको सुत्र पहिल्याई सुशासन र समृद्धिको साधन बन्ने उद्देश्य राखेर यही आगामी फागुन २७÷२९ गते तीन दिनसम्म सुर्खेतको बुलबुलेमा कर्णाली उत्सव सञ्चालन गरिने उनले बताए ।

भौतिक तथा भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले कोभिड–१९ लाई विचार पुर्याएर कार्यक्रम आयोजना गर्नुपर्ने सुझाउँदै सकेसम्म प्रविधिको माध्यमबाट भए पनि उत्सव आयोजना गर्नुपर्नेमा जोड दिए । उत्सवको दोस्रो संस्करण अभूतपूर्वरुपमा सम्पन्न गर्नुपर्ने जनाउँदै उनले आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कार्यक्रम कर्णाली प्रदेशको समग्र क्षेत्र उजागर ऐना भएको टिप्पणी गर्दै यसका कार्यक्रमका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने जनाए । नगप्रमुख सुवेदीले कर्णाली उत्सवलाई अझ फराकिलो बनाएर लैजानसमेत सुझाए । कर्णाली उत्सव ‘कुडा कर्णालीका’ लागि पत्रकार दिलभूषण पाठक, टीकाराम यात्री, कुबेर चालिसे, कलेन्द्र सेजुवाल, दीपेन्द्र शर्मा गणेशकञ्चन भारती, प्रकाश लामिछाने, लेखक माधवप्रसाद चौलागाइँ, उद्योगी झविराज खत्री र लक्ष्मण कँडेलले उत्सव सफलताको शुभकामना दिएका थिए ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी