प्रज्वल पाैडेल/ श्रावण १९, रामेछाप । रामेछापको गेलुमा पहिरोले ५ घर परिवार विस्थापित भएका छन । बस्तिमाथिबाट बर्षासँगै पहिराे झर्न थालेपछि वडा नम्बर ७ नाटिलाको मगर बस्ति  जोखिममा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल/ श्रावण १९, रामेछाप । रामेछापको गेलुमा पहिरोले ५ घर परिवार विस्थापित भएका छन । बस्तिमाथिबाट बर्षासँगै पहिराे झर्न थालेपछि वडा नम्बर ७ नाटिलाको मगर बस्ति  जोखिममा प"/>
२४ पुष २०८२, बिहीबार
रामेछाप - RMC

रामेछापको गेलु पहिरोको उच्च जोखिममा, ५ घर विस्थापित

१९ श्रावण २०७३, बुधबार १६:११

प्रज्वल पाैडेल/ श्रावण १९, रामेछाप । रामेछापको गेलुमा पहिरोले ५ घर परिवार विस्थापित भएका छन । बस्तिमाथिबाट बर्षासँगै पहिराे झर्न थालेपछि वडा नम्बर ७ नाटिलाको मगर बस्ति  जोखिममा परेको हो ।

पहिरोले गाउँनै जोखिममा परेपछि स्थानीय त्रसित बनेका छन । बिस्थापित भएका परिवार यतिबेला आफन्तकोमा साहारा लिएर बस्न बाध्य भएकाे स्थानीयले जानकारी दिएकाछन्। चिरिएको जमिनमा बर्षातको पानी पसेपछि पहिरो कतिबेला झर्छ भन्ने टुंगो नभएकाले सुरक्षित स्थानको पहिचान गरी जतिसक्दो चाडाे बस्तिनै स्थानान्तरण गरिनुपर्ने उनीहरूकाे माग छ । पहिरो झर्न ठिक्क परेपछि स्थानीय ईन्द्र बहादुर मगर, गगन बहादुर मगर, उमेश मगर, भमाया मगर र चतुर बहादुर मगरको परिवार बिस्थापित भएको बताइएको छ ।

सुरक्षित स्थानमा जग्गा भएकाहरुका लागि अहिले सामान्य ओतको प्रबन्ध मिलाउने प्रयास भईरहे पनि पूरै जग्गा पहिरोको जोखिममा परेकालाई भने सुरक्षा गर्न निकै चुनौतीपूर्ण रहेको स्थानीय गुणा बहादुर मगरले जानकारी दिनुभयाे । गाबिस सचिव कुलबिक्रम श्रेष्ठ सहितको टोलीले पहिरोको निरीक्षण गरी जिल्लामा रहेका एनजिओ, आईएनजिओ र जिल्ला बिकास समितीलाई पहिरोको बारेमा जानकारी गराउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो नेपाल–युएई आर्थिक सहकार्य विस्तारमा जोड राष्ट्रियसभाका लागि नेकपाका यी हुन् उम्मेदवार रोड्रिगेजको कडा जवाफः भेनेजुएला विदेशी नियन्त्रणमा छैन स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृत्यु कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा साउनयता नौ गैँडाको मृत्यु वीरगञ्जको जनजीवन सामान्य बन्दै चिसो बढ्दा विद्यालयमा पठनपाठन स्थगित सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो