साउन २०, इटहरी । बढ्दो सहरीकरणसँगै जलवायु परिवर्तनले धरानजस्ता सहरमा निम्तिने जोखिम कम गर्ने उद्देश्यले ‘दिगो पानी व्यवस्थापनका चुनौती र अवसर’ विषयक प्रारम्भिक कार्यशाला गोष्ठी धरानमा बुधबार सम्पन्न भएको छ । 

क्यानाडाको अन्तर्राष्ट्रिय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, इटहरी । बढ्दो सहरीकरणसँगै जलवायु परिवर्तनले धरानजस्ता सहरमा निम्तिने जोखिम कम गर्ने उद्देश्यले ‘दिगो पानी व्यवस्थापनका चुनौती र अवसर’ विषयक प्रारम्भिक कार्यशाला गोष्ठी धरानमा बुधबार सम्पन्न भएको छ । 

क्यानाडाको अन्तर्राष्ट्रिय "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जलवायुमैत्री पानी व्यवस्थापन गोष्ठी

२०७३, २० श्रावण बिहीबार ०५:४१

साउन २०, इटहरी । बढ्दो सहरीकरणसँगै जलवायु परिवर्तनले धरानजस्ता सहरमा निम्तिने जोखिम कम गर्ने उद्देश्यले ‘दिगो पानी व्यवस्थापनका चुनौती र अवसर’ विषयक प्रारम्भिक कार्यशाला गोष्ठी धरानमा बुधबार सम्पन्न भएको छ । 

क्यानाडाको अन्तर्राष्ट्रिय विकास तथा अनुसन्धान केन्द्रको साझेदारी र नेपाल, भारत तथा अस्टे«लियाका अनुसन्धानकर्ताको सहकार्यमा साउथ एसिया इन्स्टिच्युट अफ एड्भान्स स्टडिज (सियास)ले गोष्ठीको आयोजना गरेको हो । 

सहरीकरण र जलवायु परिवर्तनबाट हुने विभिन्न समस्याको दीर्घकालीन उपायको खोजी गर्न धरानका विभिन्न क्षेत्रको अध्ययन र अनुसन्धान गरी त्यसका आधारमा नीतिनिर्माण एवम् नीति कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई मद्दत पु¥याउने उद्देश्यले अनुसन्धान थालिएको सियासका कार्यकारी निर्देशक ङमिन्द्र दाहालले बताउनुभयो । उहाँले नेपालको धरान र धुलिखेल दुई सहरमा करिब तीन वर्ष अनुसन्धान गरिने बताउनुभयो । 

गोष्ठीमा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राई, धरान खानेपानी आयोजना अनुगमन समितिका संयोजक एवम् नेपाली काँग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङ, गाविस महासङ्घका निवर्तमान अध्यक्ष तथा नेकपा ९एमाले० का जिल्ला उपाध्यक्ष रमेश बस्नेत, धरान नगरपालिकाका पूर्वउपमेयर कृष्णनारायण पलिखे, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका इन्जिनियर जकबहादुर खड्का, काजीराम कार्की लगायतले विषयवस्तुमाथि प्रकाश पार्नुभएको थियो । 

नेपाल खानेपानी संस्थान धरानका इन्जिनियर रामकुमार श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का सम्फर तामाङ, महिला सञ्जाल धरानका अध्यक्ष शीला बज्राचार्य, नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापा, धरान खानेपानी व्यवस्थापनका सदस्य आनन्द श्रेष्ठ र देवराज श्रेष्ठ, धरान नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य सङ्घका उद्योग सचिव महेन्द्र प्रधानलगायत विभिन्न सरोकारवाला सङ्घसंस्थाका पदाधिकारीले पनि बोल्नुभएको थियो । 

गोष्ठीमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । अनुसन्धानका क्रममा अनुसन्धानकर्ताले धरानको पानी, पर्यावरण र जनजीविकाको सवाललाई विभिन्न विधाबाट अध्ययन गर्ने, समस्या पहिचान गर्ने र निवारणका उपाय खोज्ने हुँदा धरानवासीका लागि यो अनुसन्धानबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति