साउन २०, बुटवल । नारीको महान् चाड हरितालिका तीज नजिकिँदै जाँदा सहरबजारमा त्यसको रमझम सुरु भइसकेको छ । 

महिलाहरु सहरका ठूलाठूला होटलमा परम्परागतभन्दा भिन्न आधुनिक ढङ्गले तीज मनाइरहेका छन् । तर भैरहवामा रहेका महिला सक्रिय एक संस्थाले भने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, बुटवल । नारीको महान् चाड हरितालिका तीज नजिकिँदै जाँदा सहरबजारमा त्यसको रमझम सुरु भइसकेको छ । 

महिलाहरु सहरका ठूलाठूला होटलमा परम्परागतभन्दा भिन्न आधुनिक ढङ्गले तीज मनाइरहेका छन् । तर भैरहवामा रहेका महिला सक्रिय एक संस्थाले भने "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

तीज खर्च प्यूठानका बाढीपहिरो पीडितलाई

२०७३, २० श्रावण बिहीबार ०५:५३

साउन २०, बुटवल । नारीको महान् चाड हरितालिका तीज नजिकिँदै जाँदा सहरबजारमा त्यसको रमझम सुरु भइसकेको छ । 

महिलाहरु सहरका ठूलाठूला होटलमा परम्परागतभन्दा भिन्न आधुनिक ढङ्गले तीज मनाइरहेका छन् । तर भैरहवामा रहेका महिला सक्रिय एक संस्थाले भने यसपालिको तीजमा लाग्ने सबै खर्च प्यूठानका पहिरोपीडितलाई दिने घोषणा गरेको छ । 

सिर्जनशील हात नामक संस्थामा क्रियाशील महिला दिदीबहिनीले यसपालिको तीजलाई सामान्यरुपमा मनाई तीजका लागि छुट्याएको खर्च प्यूठानका बाढीपहिरोपीडितलाई दिने निर्णय गरेको संस्थाका अध्यक्ष रमिता थापामगरले जानकारी दिनुभयो । 

संस्थाले २०७० सालमा तीजको अवसरमा सत्यसाई वृद्धाश्रमलाई रु ५१ हजार र दाङका बाढीपीडितलाई रु ५१ हजार सहयोग प्रदान गरेको थियो । २०७१ मा रुपन्देहीको अविनाश अनाथ आश्रम कोटिहवालाई रु ५१ हजार र भारतमा भएको डिआइडी लिटल मास्टर्स नृत्य प्रतियोगितामा प्रथम भएकी तेरिया फौजामगरलाई रु एक लाख सहयोग प्रदान गरेको थियो । 

यस्तै, नेपाल–भारत मैत्री समाज सिद्धार्थनगर, भैरहवाले पनि मर्चवारका बाढी प्रभावितका लागि राहत वितरण गरेकोछ । रुपन्देहीको गोनहा गाविसका बाढीपीडित १० परिवारलाई एक कार्यक्रमबीच उक्त राहत वितरण गरिएको हो । 

समाजका अध्यक्ष एवम् नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय सदस्य राजेन्द्र गुप्ताको अध्यक्षता, सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको थियो । सो अवसरमा समाजले बाढी प्रभावित परिवारलाई करिब रु एक लाख बराबरको जस्तापाता सहयोग गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति