साउन २०, बुटवल । नारीको महान् चाड हरितालिका तीज नजिकिँदै जाँदा सहरबजारमा त्यसको रमझम सुरु भइसकेको छ । 

महिलाहरु सहरका ठूलाठूला होटलमा परम्परागतभन्दा भिन्न आधुनिक ढङ्गले तीज मनाइरहेका छन् । तर भैरहवामा रहेका महिला सक्रिय एक संस्थाले भने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, बुटवल । नारीको महान् चाड हरितालिका तीज नजिकिँदै जाँदा सहरबजारमा त्यसको रमझम सुरु भइसकेको छ । 

महिलाहरु सहरका ठूलाठूला होटलमा परम्परागतभन्दा भिन्न आधुनिक ढङ्गले तीज मनाइरहेका छन् । तर भैरहवामा रहेका महिला सक्रिय एक संस्थाले भने "/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

तीज खर्च प्यूठानका बाढीपहिरो पीडितलाई

२० श्रावण २०७३, बिहीबार ०५:५३

साउन २०, बुटवल । नारीको महान् चाड हरितालिका तीज नजिकिँदै जाँदा सहरबजारमा त्यसको रमझम सुरु भइसकेको छ । 

महिलाहरु सहरका ठूलाठूला होटलमा परम्परागतभन्दा भिन्न आधुनिक ढङ्गले तीज मनाइरहेका छन् । तर भैरहवामा रहेका महिला सक्रिय एक संस्थाले भने यसपालिको तीजमा लाग्ने सबै खर्च प्यूठानका पहिरोपीडितलाई दिने घोषणा गरेको छ । 

सिर्जनशील हात नामक संस्थामा क्रियाशील महिला दिदीबहिनीले यसपालिको तीजलाई सामान्यरुपमा मनाई तीजका लागि छुट्याएको खर्च प्यूठानका बाढीपहिरोपीडितलाई दिने निर्णय गरेको संस्थाका अध्यक्ष रमिता थापामगरले जानकारी दिनुभयो । 

संस्थाले २०७० सालमा तीजको अवसरमा सत्यसाई वृद्धाश्रमलाई रु ५१ हजार र दाङका बाढीपीडितलाई रु ५१ हजार सहयोग प्रदान गरेको थियो । २०७१ मा रुपन्देहीको अविनाश अनाथ आश्रम कोटिहवालाई रु ५१ हजार र भारतमा भएको डिआइडी लिटल मास्टर्स नृत्य प्रतियोगितामा प्रथम भएकी तेरिया फौजामगरलाई रु एक लाख सहयोग प्रदान गरेको थियो । 

यस्तै, नेपाल–भारत मैत्री समाज सिद्धार्थनगर, भैरहवाले पनि मर्चवारका बाढी प्रभावितका लागि राहत वितरण गरेकोछ । रुपन्देहीको गोनहा गाविसका बाढीपीडित १० परिवारलाई एक कार्यक्रमबीच उक्त राहत वितरण गरिएको हो । 

समाजका अध्यक्ष एवम् नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय सदस्य राजेन्द्र गुप्ताको अध्यक्षता, सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव गुल्जारीको प्रमुख आतिथ्यतामा राहत वितरण गरिएको थियो । सो अवसरमा समाजले बाढी प्रभावित परिवारलाई करिब रु एक लाख बराबरको जस्तापाता सहयोग गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने