साउन २०, बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका बेपत्ता एक बालक डेढ महिनाभन्दा बढी समयसम्म पनि भेटिएका छैनन् । 

स्थानीय दुर्गास्थान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक सुनिल चन्द डेढ महिनादेखि बेपत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका बेपत्ता एक बालक डेढ महिनाभन्दा बढी समयसम्म पनि भेटिएका छैनन् । 

स्थानीय दुर्गास्थान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक सुनिल चन्द डेढ महिनादेखि बेपत"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीबाट बेपत्ता भएका बालक अझै भेटिएनन्

२० श्रावण २०७३, बिहीबार ०६:१७

साउन २०, बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका–१० धनचुलीका बेपत्ता एक बालक डेढ महिनाभन्दा बढी समयसम्म पनि भेटिएका छैनन् । 

स्थानीय दुर्गास्थान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय बालक सुनिल चन्द डेढ महिनादेखि बेपत्ता रहेका छन् । असार ३ गते बिहानै घरबाट स्कुल जान्छु भनी निस्किएका चन्द अहिलेसम्म सम्पर्कमा नआएको बेपत्ता बालकका बुबा हर्कबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । 

“गत असार ३ गते शुक्रबार बिहान घरबाट स्कुल जान्छु भनी हिँडेको हो”, उहाँले भन्नुभयो, “अहिलेसम्म सम्पर्कमा आएको छैन, आफन्त, नातागोतालगायत सबैतिर खोजी ग¥यौँ तर केही पत्तो लागेन ।” भारततिर गयो भन्ने सुनेका छौँ, उहाँले दुखेसो पोख्नुभयो, “कतै दलालको हातमा पर्यो कि भन्ने चिन्ता लागेको छ ।” 

बेपत्ता छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बैतडीमा निवेदन दिए तापनि अहिलेसम्म केही पत्ता लाग्न नसकेको समेत उहाँले बताउनुभयो । बेपत्ता बनेका आफ्ना छोराको खोजी गरिदिन उहाँले सबैसँग आग्रह गर्नुभएको छ । 

भारत गएको आशङ्कामा भारतका विभिन्न सहरमा पनि खोजी गर्नुका साथै अझै पनि भारतमा बालबालिका उद्घार गर्ने संस्थासँग समन्वय गरी खोजी कार्य जारी राखेको बेपत्ता बालकका मामा देवबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । गहँुगोरो वर्ण, पाँच फिट उचाइ, खैरो कपाल भएका, रातो हाफ टिसर्ट र जिन्स पाइन्ट, चप्पल लगाएको बालकको हुलिया रहेको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बेपत्ता बालकको हुलियासहित खोजी कार्य जारी राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म कहीँबाट पनि बालक भेटिएको सूचना प्राप्त भएको छैन ।” 

बैतडी जिल्ला भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमा नाका झुलाघाट र भारतीय प्रहरीसँग समन्वय गरी बेपत्ता बालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पछिल्लो समय बैतडीमा बालक बेपत्ता हुनेक्रम बढ्दै गइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक