साउन २०, म्याग्दी । भिरमौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने म्याग्दीको रुम गाविसमा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, म्याग्दी । भिरमौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने म्याग्दीको रुम गाविसमा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुच"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

मह सिकारको गन्तव्य म्याग्दीको डुडेलेक ओझेलमा

२०७३, २० श्रावण बिहीबार ०६:२२

साउन २०, म्याग्दी । भिरमौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने म्याग्दीको रुम गाविसमा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुचुरोको प्रचुर पर्यटकीय सम्भावना भएपनि आवश्यक पूर्वाधार र प्रचारप्रचारको अभावमा ओझेलमा परेको हो । डुडेलेकमा प्रशस्त भिरमौरी पाइन्छन् । 

रुमको बेली गाउँबाट करिब पाँच घन्टाको दूरीमा रहेको डुडेलेकबाट विभिन्न हिमशृङ्खलाका साथै जिल्लाको ओखरबोट, दरवाङसहित विभिन्न गाविसका भू–भागका साथै बहुमूल्य जडीबुटी, भिरमौरी, लालीगुँराससहितका वनस्पतिसमेत प्रशस्तै पाइने स्थानीय युवा तुलबहादुर पुनले बताउनुभयो । 

छिमेकी जिल्ला बागलुङको ताराखोला गाविसका युवा क्लबले लेकको चुचुरोमा पुगेर नेपाली राष्ट्रिय झन्डासमेत फहराएको भएपनि म्याग्दीको जिविससहितका पर्यटनका क्षेत्रमा काम गर्ने निकायबाट कुनै चासो नदिएकाले आफ्नै पर्यटकीय क्षेत्रसमेत गुम्ने अवस्थामा रहेको रुमवासीले गुनासो गरेका छन् । सो लेकमा निस्कोट, दरवाङ, ओखरबोट र रुम गाविसबाट बेलाबेलाका शैक्षिक भ्रमण तथा वनभोज खान जाने गरेका छन् । 

डुडेलेकलाई धार्मिक, पर्यटकीय तथा मह सिकारको गन्तव्य बनाएरसमेत आन्तरिक पर्यटकलाई भित्र्याउन सकिने स्थानीयवासीको भनाइ छ । लेकमा मृग, रतुवासहितका वन्यजन्तुसमेत देखिन्छन् । 

लेकमा हरेक वर्ष जेठको २० गते विशेष पूजाआजासहित मेलासमेत लाग्ने गर्दछ । लेकमा रहेको शिवमन्दिरमा पूजा गर्न रुम, ओखरबोटसहित बागलुङबाट समेत भक्तजन आई मनोकामना पूरा हुने जनविश्वासका साथ पूजा गर्ने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने