साउन २०, म्याग्दी । भिरमौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने म्याग्दीको रुम गाविसमा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, म्याग्दी । भिरमौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने म्याग्दीको रुम गाविसमा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुच"/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

मह सिकारको गन्तव्य म्याग्दीको डुडेलेक ओझेलमा

२० श्रावण २०७३, बिहीबार ०६:२२

साउन २०, म्याग्दी । भिरमौरीको मह सिकारका लागि उत्कृष्ट गन्तव्यस्थल बन्न सक्ने म्याग्दीको रुम गाविसमा अवस्थित डुडेलेक प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

जिल्लाकै अति विकटमा अवस्थित प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लेकमा रहेको चुचुरोको प्रचुर पर्यटकीय सम्भावना भएपनि आवश्यक पूर्वाधार र प्रचारप्रचारको अभावमा ओझेलमा परेको हो । डुडेलेकमा प्रशस्त भिरमौरी पाइन्छन् । 

रुमको बेली गाउँबाट करिब पाँच घन्टाको दूरीमा रहेको डुडेलेकबाट विभिन्न हिमशृङ्खलाका साथै जिल्लाको ओखरबोट, दरवाङसहित विभिन्न गाविसका भू–भागका साथै बहुमूल्य जडीबुटी, भिरमौरी, लालीगुँराससहितका वनस्पतिसमेत प्रशस्तै पाइने स्थानीय युवा तुलबहादुर पुनले बताउनुभयो । 

छिमेकी जिल्ला बागलुङको ताराखोला गाविसका युवा क्लबले लेकको चुचुरोमा पुगेर नेपाली राष्ट्रिय झन्डासमेत फहराएको भएपनि म्याग्दीको जिविससहितका पर्यटनका क्षेत्रमा काम गर्ने निकायबाट कुनै चासो नदिएकाले आफ्नै पर्यटकीय क्षेत्रसमेत गुम्ने अवस्थामा रहेको रुमवासीले गुनासो गरेका छन् । सो लेकमा निस्कोट, दरवाङ, ओखरबोट र रुम गाविसबाट बेलाबेलाका शैक्षिक भ्रमण तथा वनभोज खान जाने गरेका छन् । 

डुडेलेकलाई धार्मिक, पर्यटकीय तथा मह सिकारको गन्तव्य बनाएरसमेत आन्तरिक पर्यटकलाई भित्र्याउन सकिने स्थानीयवासीको भनाइ छ । लेकमा मृग, रतुवासहितका वन्यजन्तुसमेत देखिन्छन् । 

लेकमा हरेक वर्ष जेठको २० गते विशेष पूजाआजासहित मेलासमेत लाग्ने गर्दछ । लेकमा रहेको शिवमन्दिरमा पूजा गर्न रुम, ओखरबोटसहित बागलुङबाट समेत भक्तजन आई मनोकामना पूरा हुने जनविश्वासका साथ पूजा गर्ने गर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो