आदित्य दाहाल/साउन २०, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–१ का रघुवीर नेपाली ११ सन्तानलाई जन्म दिएर पनि हाल घरमा बूढाबूढी दुईजना मात्र बस्दै आएका छन् । 

उनी उमेरले ८१ पुगे । 

यो उमेरमा सहायता गर्ने उनलाई कोह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आदित्य दाहाल/साउन २०, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–१ का रघुवीर नेपाली ११ सन्तानलाई जन्म दिएर पनि हाल घरमा बूढाबूढी दुईजना मात्र बस्दै आएका छन् । 

उनी उमेरले ८१ पुगे । 

यो उमेरमा सहायता गर्ने उनलाई कोह"/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकहजार नौसय परिवारलाई मासिक सहयोग

२० श्रावण २०७३, बिहीबार ०६:२६

आदित्य दाहाल/साउन २०, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–१ का रघुवीर नेपाली ११ सन्तानलाई जन्म दिएर पनि हाल घरमा बूढाबूढी दुईजना मात्र बस्दै आएका छन् । 

उनी उमेरले ८१ पुगे । 

यो उमेरमा सहायता गर्ने उनलाई कोही छैनन् । ढल्किएको उमेरमा सहारा नभएका उनी अहिले मासिक रु सात हजार ५०० पाउन थालेयता भने खुसी छन् । “यो उमेरमा पैसा पाउँदा खान मन लागेको र लगाउन मन लागेको पाएको छु,” उनले भने । 

उनीजस्तै कुभिण्डेका कृष्णबहादुर श्रेष्ठ पनि अहिले खुसी छन् । नेपालीले जस्तै उनले मासिक रु सात हजार ५०० पाउन थालेको तीन महिना पूरा भयो । श्रीमतीको मृत्युपछि ६ वर्षदेखि एक्लै बस्दै आएका उनले आफूले मासिकरुपमा पाएको पैसाले घर खर्च धानेका छन् । “यसरी पैसा पाएपछि घर खर्चबाट जोगिएको पैसाले बाख्रा किनेको छु,” उमेरले ७० कटेका कृष्णबहादुर भन्छन्, “पैसा पाउन थालेपछि केही सजिलो भएको छ ।” उनले अहिले यही पैसाले दुईवटा बाख्रा पालिरहेको बताए । 

नेपाली र श्रेष्ठलाई सहज जीवनयापनका लागि वल्र्डभिजनको आर्थिक सहयोग तथा डिप्रोक्स नेपालको संयोजनमा रकम उपलव्ध भएको हो । उनले लगातार कम्तीमा ६ महिनासम्म मासिकरुपमा यो रकम पाउनेछन् । 

सामाजिक सुरक्षाका लागि नगद प्रवाह परियोजना कार्यक्रमअन्तर्गत डिप्रोक्सले भूकम्पपीडितका लागि रकम सहयोग गरेको हो । परियोजना अन्तर्गत नेपालीसँगै जिल्लाका एक हजार ९०३ भूकम्पपीडित परिवारलाई मासिक सात हजार ५०० राहत वितरण गरिएको छ । 

डिप्रोक्स नेपालले जिल्लाका चौतारा नगरपालिकाअन्तर्गत साबिक सानोसिरुबारी, पिपलडाँडा र कुभिण्डेका पीडितलाई रकम वितरण गरेको हो । त्यस्तै, साँगाचोक, फुल्पिङकोट, भोटेचौर, हैबुङ गरी सातवटा गाविसमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । 

कार्यक्रमअन्तर्गत लाभान्वितले ६ किस्तासम्म रु सात हजार ५०० का दरले रकम प्राप्त गर्नेछन् । 

मासिक रु सात हजार ५०० भन्दा कम आम्दानी हुने घरपरिवारलाई यो रकम वितरण गरिएको हो । डिप्रोक्सका अनुसार एकल, अपाङ्ग, टुहुरा, दीर्घरोगीको पहिचान गरेर रकम वितरण थालिएको हो । 

काम गर्न नसक्ने र घरमा काम गर्न सक्ने कोही पनि नभएकालाई गाउँको वडा भेलाले सिफारिस गरेर पठाएको छ । त्यस्ता व्यक्ति यो परियोजनाबाट लाभान्वित भइरहेका छन् । सानोसिरुबारीका १६५, पिपलडाँडाका १४८, कुभिण्डेका १३३, साँगाचोकका ६०९, हैवुङ्गका ११७, भोटेचौरका ३८७ र फुल्पिङकोटका ३४४ घरधुरी यो कार्यक्रमबाट लाभान्वित बनेको डिप्रोक्स नेपालका सामाजिक प्रशिक्षक चन्द्रमणि अर्यालले जानकारी दिनुभयो । 

“अहिले पाएकालाई कम्तीमा ६ महिनासम्म रकम वितरण गरिनेछ,” अर्यालले भने, “यो सङ्ख्याबाट अब अरू थप लाभान्वित थपिने छैनन् ।” सुरुमा भौचर वितरण गरिने र भौचर वितरण कार्यक्रममा सरसफाइ, बचत, पोषण, विपद्को बेलामा आउन सक्ने जोखिम र यसको न्यूनीकरण आदि विषयमा तालिम पनि भइरहेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रमअन्तर्गत परियोजनाको तेस्रो किस्ताको रकम वितरण कार्य अन्तिम चरणमा रहेको र चौथो किस्ताको रकम पनि तेस्रो किस्ता बाँडिसकेपछि चाँडै नै बाँड्ने तयारी पनि भइरहेको छ । लाभान्वितको सहजताका लागि मेगा बैंकसँग समन्वय गरी रकम वितरण कार्य भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान