आदित्य दाहाल/साउन २०, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–१ का रघुवीर नेपाली ११ सन्तानलाई जन्म दिएर पनि हाल घरमा बूढाबूढी दुईजना मात्र बस्दै आएका छन् । 

उनी उमेरले ८१ पुगे । 

यो उमेरमा सहायता गर्ने उनलाई कोह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आदित्य दाहाल/साउन २०, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–१ का रघुवीर नेपाली ११ सन्तानलाई जन्म दिएर पनि हाल घरमा बूढाबूढी दुईजना मात्र बस्दै आएका छन् । 

उनी उमेरले ८१ पुगे । 

यो उमेरमा सहायता गर्ने उनलाई कोह"/>

८ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एकहजार नौसय परिवारलाई मासिक सहयोग

२० श्रावण २०७३, बिहीबार ०६:२६

आदित्य दाहाल/साउन २०, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका–१ का रघुवीर नेपाली ११ सन्तानलाई जन्म दिएर पनि हाल घरमा बूढाबूढी दुईजना मात्र बस्दै आएका छन् । 

उनी उमेरले ८१ पुगे । 

यो उमेरमा सहायता गर्ने उनलाई कोही छैनन् । ढल्किएको उमेरमा सहारा नभएका उनी अहिले मासिक रु सात हजार ५०० पाउन थालेयता भने खुसी छन् । “यो उमेरमा पैसा पाउँदा खान मन लागेको र लगाउन मन लागेको पाएको छु,” उनले भने । 

उनीजस्तै कुभिण्डेका कृष्णबहादुर श्रेष्ठ पनि अहिले खुसी छन् । नेपालीले जस्तै उनले मासिक रु सात हजार ५०० पाउन थालेको तीन महिना पूरा भयो । श्रीमतीको मृत्युपछि ६ वर्षदेखि एक्लै बस्दै आएका उनले आफूले मासिकरुपमा पाएको पैसाले घर खर्च धानेका छन् । “यसरी पैसा पाएपछि घर खर्चबाट जोगिएको पैसाले बाख्रा किनेको छु,” उमेरले ७० कटेका कृष्णबहादुर भन्छन्, “पैसा पाउन थालेपछि केही सजिलो भएको छ ।” उनले अहिले यही पैसाले दुईवटा बाख्रा पालिरहेको बताए । 

नेपाली र श्रेष्ठलाई सहज जीवनयापनका लागि वल्र्डभिजनको आर्थिक सहयोग तथा डिप्रोक्स नेपालको संयोजनमा रकम उपलव्ध भएको हो । उनले लगातार कम्तीमा ६ महिनासम्म मासिकरुपमा यो रकम पाउनेछन् । 

सामाजिक सुरक्षाका लागि नगद प्रवाह परियोजना कार्यक्रमअन्तर्गत डिप्रोक्सले भूकम्पपीडितका लागि रकम सहयोग गरेको हो । परियोजना अन्तर्गत नेपालीसँगै जिल्लाका एक हजार ९०३ भूकम्पपीडित परिवारलाई मासिक सात हजार ५०० राहत वितरण गरिएको छ । 

डिप्रोक्स नेपालले जिल्लाका चौतारा नगरपालिकाअन्तर्गत साबिक सानोसिरुबारी, पिपलडाँडा र कुभिण्डेका पीडितलाई रकम वितरण गरेको हो । त्यस्तै, साँगाचोक, फुल्पिङकोट, भोटेचौर, हैबुङ गरी सातवटा गाविसमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । 

कार्यक्रमअन्तर्गत लाभान्वितले ६ किस्तासम्म रु सात हजार ५०० का दरले रकम प्राप्त गर्नेछन् । 

मासिक रु सात हजार ५०० भन्दा कम आम्दानी हुने घरपरिवारलाई यो रकम वितरण गरिएको हो । डिप्रोक्सका अनुसार एकल, अपाङ्ग, टुहुरा, दीर्घरोगीको पहिचान गरेर रकम वितरण थालिएको हो । 

काम गर्न नसक्ने र घरमा काम गर्न सक्ने कोही पनि नभएकालाई गाउँको वडा भेलाले सिफारिस गरेर पठाएको छ । त्यस्ता व्यक्ति यो परियोजनाबाट लाभान्वित भइरहेका छन् । सानोसिरुबारीका १६५, पिपलडाँडाका १४८, कुभिण्डेका १३३, साँगाचोकका ६०९, हैवुङ्गका ११७, भोटेचौरका ३८७ र फुल्पिङकोटका ३४४ घरधुरी यो कार्यक्रमबाट लाभान्वित बनेको डिप्रोक्स नेपालका सामाजिक प्रशिक्षक चन्द्रमणि अर्यालले जानकारी दिनुभयो । 

“अहिले पाएकालाई कम्तीमा ६ महिनासम्म रकम वितरण गरिनेछ,” अर्यालले भने, “यो सङ्ख्याबाट अब अरू थप लाभान्वित थपिने छैनन् ।” सुरुमा भौचर वितरण गरिने र भौचर वितरण कार्यक्रममा सरसफाइ, बचत, पोषण, विपद्को बेलामा आउन सक्ने जोखिम र यसको न्यूनीकरण आदि विषयमा तालिम पनि भइरहेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रमअन्तर्गत परियोजनाको तेस्रो किस्ताको रकम वितरण कार्य अन्तिम चरणमा रहेको र चौथो किस्ताको रकम पनि तेस्रो किस्ता बाँडिसकेपछि चाँडै नै बाँड्ने तयारी पनि भइरहेको छ । लाभान्वितको सहजताका लागि मेगा बैंकसँग समन्वय गरी रकम वितरण कार्य भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थुनछेक बहसका लागि रविलाई अदालत लगियो, न्यायाधीश राईको इजलासमा पेशी ‘पुष्पा-२’ का अभिनेता अल्लु अर्जुनको घरमा तोडफोड, ६ जना पक्राउ शक्ति समूहकी संस्थापक सुनिता दनुवारको आज बिहान निधन पाँच संसदीय समितिको बैठक आज बस्दै ब्राजिलमा निजी विमान दुर्घटना हुँदा पाइलटसहित १० जनाको मृत्यु आयोगले गरे भ्रष्टाचार अभियोगमा आठ जनाविरुद्ध मुद्दा दायर रविविरुद्ध सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना साई स्वागत सहकारी ठगी प्रकरणमा भरत जङ्गम पक्राउ रविको काभ्रेको जग्गा र निकिताको बूढानीलकण्ठको घडेरी जफत गर्न माग सरकारी वकिलको कार्यालयमा इन्कारी रविको बयान: सहकारीको रकम फिर्ता गर्ने जिम्मेवारी मेरो रहँदैन एनपीएलको फाइनलमा सट्टेबाजी गराएको आरोपमा थप २ भारतीय पक्राउ यी हुन् शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु [सूचीसहित] अमेरिकाले झुक्किएर खसायो आफ्नै लडाकु विमान रवि लामिछानेको सांसद पद निलम्बन हुने कैलालीमा आधा किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ सेयर बजारमा १३ अंकको गिरावट, कारोबार साढे ४ अर्बमा सीमित सहकारी ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति पुनका छोरा दीपेश पुन पनि प्रतिवादी रविलाई सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग, छविलालको ७४ करोड जफत गर्न माग जनकपुर बोल्ट्सका समर्थकप्रति दुर्व्यवहार गर्नेलाई कारबाही होस्: गगन थापा