साउन २०, इलाम । एक वर्षमा इलाममा आठ हजारभन्दा बढी मतदाता थपिएका छन् । आव २०७२÷७३ मा आठ हजार ७८८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

तीमध्ये तीन हजार ७९२ महिला र चार हजार ९९६ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, इलाम । एक वर्षमा इलाममा आठ हजारभन्दा बढी मतदाता थपिएका छन् । आव २०७२÷७३ मा आठ हजार ७८८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

तीमध्ये तीन हजार ७९२ महिला र चार हजार ९९६ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन का"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा एकलाख सतासीहजार मतदाता

२० श्रावण २०७३, बिहीबार ०६:४२

साउन २०, इलाम । एक वर्षमा इलाममा आठ हजारभन्दा बढी मतदाता थपिएका छन् । आव २०७२÷७३ मा आठ हजार ७८८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

तीमध्ये तीन हजार ७९२ महिला र चार हजार ९९६ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर कृष्ण लिम्बूले जानकारी दिनुभयो । स्थानीय निकायको निर्वाचनको चर्चा चल्न थालेपछि छुटेका मतदाताले धमाधम नामावली दर्ता गराउन थालेपछि मतदाताको सङ्ख्या ह्वात्तै बढेको लिम्बूले बताउनुभयो । 

यो सँगै इलामको मतदाता सङ्ख्या एक लाख ८७ हजार ३२५ पुगेको छ । गत वर्ष कार्यालयले जिल्लाका ३० गाविसमा मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र जिल्ला निर्वाचन कार्यालयबाट पनि नियमित नामावली दर्ता कार्य भइरहेको लिम्बूले बताउनुभयो । जिल्लामा अझै पनि २० प्रतिशत नागरिकले मतदाता नामावली दर्ता गराउन बाँकी रहेको कार्यालयले जनाएको छ । वैदेशिक रोजगारीमा गएका धेरै मतदाता नामावली दर्ता गराउन छुटेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक