साउन २०, उदयपुर । उदयपुर जिल्लाको तपेस्वरी गाविसस्थित वडा नम्बर १ देखि ६ सम्मका बाढीपीडितले अझैसम्म पनि सहयोग नपाएको गुनासो गर्न थालेका छन् । 

यही साउन १० र ११ गते भीषण वर्षापछि आएको स्थानीय खोलाको बाढीले गाउँमा प्रवेश गर्दा गाउँका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, उदयपुर । उदयपुर जिल्लाको तपेस्वरी गाविसस्थित वडा नम्बर १ देखि ६ सम्मका बाढीपीडितले अझैसम्म पनि सहयोग नपाएको गुनासो गर्न थालेका छन् । 

यही साउन १० र ११ गते भीषण वर्षापछि आएको स्थानीय खोलाको बाढीले गाउँमा प्रवेश गर्दा गाउँका "/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका बाढीपीडितले अझै सहयोग पाएनन्

२० श्रावण २०७३, बिहीबार ०६:४७

साउन २०, उदयपुर । उदयपुर जिल्लाको तपेस्वरी गाविसस्थित वडा नम्बर १ देखि ६ सम्मका बाढीपीडितले अझैसम्म पनि सहयोग नपाएको गुनासो गर्न थालेका छन् । 

यही साउन १० र ११ गते भीषण वर्षापछि आएको स्थानीय खोलाको बाढीले गाउँमा प्रवेश गर्दा गाउँका घर तथा आँगनलगायत सबै बस्ने स्थान पुरेपनि आफूहरु अहिले यस्तै बाढीग्रस्त क्षेत्रमा बसोबास गर्न बाध्य हुनुपरेको एक पीडित कुमार भट्टराईले बताउनुभयो । 

बाढीले घर तथा आँगनसमेत पुरेपनि अन्य कतै बस्ने विकल्प नहुँदा दुर्गन्धित क्षेत्रमा बस्न बाध्य भएपछि धेरै गाउँले बिरामीसमेत भइरहेको तर यसका लागि आफूहरुलाई उचित बसोबासको व्यवस्थापनको पहल नभएको स्थानीयवासी गोकर्ण थापा बताउँछन् । थापा भन्छन्, “आफूहरुको गाउँको घरआँगन सबै बाढी प्रवेश गर्दा ढुङ्गा र बालुवाले भरिएको छ, यसलाई हटाउन कसैले पहल गरेको छैन, अनि दुर्गन्धका कारण बस्न पनि कठिनाइ हुँदै आएको छ ।” 

कुनै पनि सङ्घसंस्थाले आफूहरुलाई एउटा त्रिपाल पनि वितरण नगरेको र बाढीले ल्याएको बालुवा, ढुङ्गा र फोहोर हटाउन पनि सम्बन्धित निकायले नै बेवास्ता गर्दा गाउँका २५० घरपरिवार को विचल्ली भएको स्थानीयवासी आनन्द भट्टराईको गुनासो रहेको छ । बाढीले बगाएर ल्याएको बालुवाको थुप्रो मात्र एस्काभेटर प्रयोग गरेर हटाउने पहल भएको भएपनि बाढीपीडितलाई बसोबास गर्न सहज हुने पीडित बताउँछन् । 

स्थानीय प्रशासनलगायत निकाय गाउँमा आएर हेर्ने मात्र गरेको तर अहिलेसम्म पीडितका लागि कुनै सहयोग नगरेको पीडितको गुनासो छ । कतिपय बाढीपीडित भन्छन्, “गाउँघर टोलमा बाढीले थुपारेको बालुवा, ढुङ्गालगायत फोहोर वस्तु सम्बन्धित निकायले हटाउन मात्र सहयोग गरे पनि आफूहरु सहज तरिकाले बस्न सक्ने अवस्था छ ।” 

कि त तत्काल आफूहरुलाई पनि त्रिपाल तथा पालको व्यवस्था गरेर छुट्टै बस्ने व्यवस्था भए सहज हुने पीडित बताउँछन् । अहिले करिब सय घरपरिवारको त घरभित्र नै बालुवा र ढुङ्गाले भरिएकाले दुर्गन्धमा बस्न बाध्य हुँदै आएको पीडित बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो