साउन २०, नवलपरासी । नवलपरासीमा द्वन्द्वमा परेका महिला समुदाय जीविकोपार्जनतर्फ उन्मुख भएका छन् । 

जिल्लाको सोमनी गाविसको बर्गदवा गाउँका महिलालाई महिला तथा बालबालिका कार्यालयले व्यवसायिक कृषि तालिम दिएपछि यहाँका द्वन्द्वपीडित महिला जी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, नवलपरासी । नवलपरासीमा द्वन्द्वमा परेका महिला समुदाय जीविकोपार्जनतर्फ उन्मुख भएका छन् । 

जिल्लाको सोमनी गाविसको बर्गदवा गाउँका महिलालाई महिला तथा बालबालिका कार्यालयले व्यवसायिक कृषि तालिम दिएपछि यहाँका द्वन्द्वपीडित महिला जी"/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा द्वन्द्वप्रभावित महिला जीविकोपार्जनतर्फ

२० श्रावण २०७३, बिहीबार ०६:५४

साउन २०, नवलपरासी । नवलपरासीमा द्वन्द्वमा परेका महिला समुदाय जीविकोपार्जनतर्फ उन्मुख भएका छन् । 

जिल्लाको सोमनी गाविसको बर्गदवा गाउँका महिलालाई महिला तथा बालबालिका कार्यालयले व्यवसायिक कृषि तालिम दिएपछि यहाँका द्वन्द्वपीडित महिला जीविकोपार्जनतर्फ उन्मुख बनेका हुन् । यसबाट आफूजस्तै धेरै द्वन्द्व प्रभावित महिला लाभान्वित भएको मनकामना महिला विकास समितिकी अध्यक्ष अमृता चौधरीको भनाइ छ । 

कार्यालयले प्रदान गरेको तालिमबाट उनीहरु आधुनिक कृषि खेतीतर्फसमेत आकर्षित बनेका छन् । तरकारी खेतीबाट कमाएको रकमले बालबच्चाको अध्ययनसहित घर खर्चमा समेत सहयोग पुग्ने गरेको संस्थाकी सचिव पिलादेवी चौधरीको भनाइ छ । कार्यालयले व्यावसायिक कृषि तालिमसहित बीउबिजन, मलखाद र कृषि प्रविधि खरिदका लागि आर्थिक रकमसमेत सहयोग गर्दै आएको छ । 

महिला तालिम पाएपश्चात् आधुनिक खेती गरी आर्थिक उपार्जनसमेत गर्दै आएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख उर्वरा लुइँटेलको भनाइ छ । 

तालिम पाएका द्वन्द्वपीडित महिलाले अहिले आधुनिक तरकारी खेती सुरु गरेका छन् भने उनीहरु यसबाट जीविकोपार्जनतर्फ उन्मुख भएका छन् । सरकारी पक्षबाट गरिएको यस्ता कामलाई समाजमा सकारात्मक रुपमा हेरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो