ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धिभक्तपुरमा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्या तीन हजार पुगेको छ । सरकारले ज्येष्ठ नागरिकको सेवा सुविधा वृद्धि गर्ने घोषणा गरेसँगै ज्येष्ठ नागरिक परिचयपत्र लिनेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धिभक्तपुरमा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्या तीन हजार पुगेको छ । सरकारले ज्येष्ठ नागरिकको सेवा सुविधा वृद्धि गर्ने घोषणा गरेसँगै ज्येष्ठ नागरिक परिचयपत्र लिनेक"/>
२५ पुष २०८२, शुक्रबार
भक्तपुर - BKT

ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्यामा वृद्धि

२० श्रावण २०७३, बिहीबार ०७:०३

साउन २०, काठमाडौँ  भक्तपुरमा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्या तीन हजार पुगेको छ । सरकारले ज्येष्ठ नागरिकको सेवा सुविधा वृद्धि गर्ने घोषणा गरेसँगै ज्येष्ठ नागरिक परिचयपत्र लिनेको सङ्ख्यामा वृद्धि भएको हो । 

भक्तपुरमा गत आवको मसान्तसम्म ज्येष्ठ नागरिक परिचयपत्र लिनेको सङ्ख्या एक हजार २०० रहेको महिला तथा बालबालिका कार्यालय भक्तपुरले जानकारी दिएको छ । गत वर्ष परिचयपत्रको कार्ड सकिएकाले पनि माग भएअनुसार वितरण गर्न नसकिएको कार्यालय प्रमुख निलाकुमारी घिमिरेले जानकारी दिनुभयो । 

भक्तपुरमा अचेल दैनिक एक सयको हाराहारीमा कार्ड वितरण भइरहेको घिमिरेले बताउनुभयो । परिचयपत्र प्राप्त ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधन र सरकारले तोकिएको अस्पतालमा उपचार सेवामा ५० प्रतिशत छुट पाउने व्यवस्था छ । 

सरकारले ज्येष्ठ नागरिकका लागि पाटन अस्पताल र कीर्तिपुर आयुर्वेदिक अस्पतालमा उपचार सेवामा ५० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने